छैठौ राष्ट्रिय विज्ञान दिवस विभिन्न कार्यक्रम गरी मनाइयो | ईमाउण्टेन समाचार

Our Network

माघ ५ २०८१, शनिबार

छैठौ राष्ट्रिय विज्ञान दिवस विभिन्न कार्यक्रम गरी मनाइयो

काठमाडौं, १ असोज । सोमवार छैठौ राष्ट्रिय विज्ञान दिवस बिभिन्न कार्यक्रम गरी मनाइएको छ । हरेक वर्ष विशेष समारोह गरेर मनाइने विज्ञान दिवस एकदिन मनाइने पर्व जस्तो बनिरहेको छ ।

विज्ञान प्रविधिका क्षेत्रमा काम गरिरहेका वैज्ञानिकहरु भने सरकारले यो क्षेत्रमा लगानी बढाउन नसक्दा फड्को मार्नसक्ने संभावना समेत घटिरहेको गुनासो गर्छन् ।

खेलकुद क्षेत्रमा ०७५/७६का लागि सरकारले छुट्टाएको बजेट विज्ञान तथा प्रविधि क्षेत्रमा विगत ३५ वर्षमा छुट्टाएको बजेट सरह छ । खेलकुद क्षेत्रका लागि छुट्टाएको बजेट खेलकुदका लागि पर्याप्त छैन ।

तर, तुलना गरेर हेर्दा नेपाल विश्वमा फिफा बरियतामा १ सय ६१ औं स्थानमा छ भने विज्ञान प्रविधि र आविस्कारका क्षेत्रमा एकसय आठौं नम्बरमा छ । त्यसैले सरोकारवालाहरु विज्ञान प्रविधिका क्षेत्रमा प्राथमिकताका साथ बजेट बढाउन सके अझ फड्को मार्न सकिने भन्दै सरकारको ध्यानाकर्षण गरिरहेका छन् ।

छैटौं राष्ट्रिय विज्ञान दिवस मनाइरहँदा ‘समृद्धिका लागि विज्ञान सस्कृती’ भन्ने नारा तय गरिएको छ । तर, विज्ञानप्रविधिका लागि आवश्यक मेहनत तथा क्षमतामा समेत अव्वल हुँदा हुँदै पनि सरकारले विज्ञान क्षेत्रलाई प्राथमिकतामा नराख्दा आशा अनुरुप उपलब्धी हासिल हुन नसकेको विज्ञहरुको भनाइ छ ।

सरोकारवालाहरुले सरकारले वैज्ञानिक अनुसन्धानको क्षेत्रमा सरकारले व्यवस्थित रुपमा बजेट छुटाउनु पर्ने बताएपनि सरकारको प्राथमिकतामा विज्ञान प्रविधि क्षेत्र पर्न सकेको छैन । विगतमा विशिष्टिकृत मन्त्रालयको रुपमा रहँदासमेत प्राथमिकताको अन्तिमतिर पर्ने विज्ञान प्रविधि मन्त्रालय अहिले शिक्षा मन्त्रालयमा गाभिएको छ ।

सरकारले विदेशमा पढेकाहरुलाई स्वदेश फर्काउने, स्वदेशमा उत्पादिन बैज्ञानिकलाई रोक्ने र लगानी बढाउने हो भने ठुलो फड्को मार्न सक्ने यस क्षेत्रका विज्ञहरु बताउँछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);