अनुसन्धान जिम्मेवारीपूर्वक नगरेको भन्दै सीआईबीका डीएसपीसहित ४ प्रहरी पनि निलम्बनमा | ईमाउण्टेन समाचार

Our Network

पुष १९ २०८१, शुक्रबार

अनुसन्धान जिम्मेवारीपूर्वक नगरेको भन्दै सीआईबीका डीएसपीसहित ४ प्रहरी पनि निलम्बनमा

cib

कञ्चनपुर, ३१ भदौ । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि भएको हत्याको जिम्मेवारीपूर्वक अनुसन्धान नगरेको भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का डीएसपी अंगुर जिसीसहित चार प्रहरी निलम्बनमा परेका छन् ।

घटनाको छानविन गरिरहेको सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको उच्चस्तरीय समितिले शनिबार गृहमन्त्री रामबहादुर थापा बादललाई प्रारम्भीक प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा बालिकाको हत्यापछि गर्नुपर्ने अनुसन्धान कार्य जिम्मेवारीपूर्जक गर्न नसकेका सुरक्षाकर्मीलाई नै अनुसन्धानको दायरामा ल्याउन सिफारिस गरिएको छ । प्रतिवेदनका आधारमा डीएसपी ज्ञानबहादुर सेटी, अंगुर जिसी, प्रहरी उपरीक्षक जगदिश भट्ट, प्रहरी निरीक्षक एकेन्द्र खड्का र प्रहरी सहायक निरीक्षक रामसिंह धामीलाई निलम्न गरिएको गृह मन्त्रालयले जनाएको छ ।

यो घटनामा कञ्चनपुरका एसपी डिल्लीराज विष्ट यसअघि नै निलम्बनमा परेका हुन् । प्रतिवेदनले औल्याएका संदिग्ध व्यक्तिहरुलाई छानविनको दायरामा ल्याई अनुसन्धान अगाडि बढाउन निर्देशन दिएको छ ।घटनालाई गम्भीरतापूर्वक लिएर अनुसन्धान भइरहेको भन्दै विज्ञप्तिमा भनिएको छ । यस अपराधिक घटनामा जो कोही संलग्न भएपनि कानुनी दायरामा ल्याई कारबाही गर्न मन्त्रालय प्रतिवद्ध रहेको गृहमन्त्रालयले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);