आगामी महाधिवेशनमा पनि पार्टी नेतृत्व नछाड्ने देउवाकाे संकेत | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

आगामी महाधिवेशनमा पनि पार्टी नेतृत्व नछाड्ने देउवाकाे संकेत

deuba

काठमाडौं, २९ भदौ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आगामी महाधिवेशनमा पनि पार्टी नेतृत्व नछाड्ने संकेत गरेका छन् । सभापति देउवाले नेतृत्वको लागि आफू अझै नथाकेको प्रतिक्रिया दिएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित ‘नेपाली काँग्रेसको भूमिका र आगामी चुनौतिहरु’ विषयक विचार गोष्ठी कार्यक्रममा बोल्दै उनले आफू नेतृत्वका लागि नथाकेको भन्दै थाकेकाहरुलाई पार्टीबाट विदा लिन पनि आग्रह गरे ।

कार्यक्रममा पार्टीका महामन्त्री शशांक कोइरालाले नेतृत्व हस्तान्तरण गर्न सभापति देउवालाई आग्रह गरेका थिए । सोही प्रसंग उल्लेख गर्दै सभापति देउवाले आफू अझै नथाकेको भन्दै नेतृत्व नछाडने संकेत गरेका हुन् ।

सभापति देउवाले निर्वाचनमा अन्तरघात गर्नेहरुलाई कार्वाही गर्न आफूले प्रस्ताव राख्दा पनि नमानेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलप्रति असन्तुष्टि व्यक्त गरे ।

सभापति देउवाले पार्टीलाई एकतावद्ध बनाउन अनुशासित पार्टी बनाउन सबैलाई पहल गर्न पनि सचेत गराए । सभापति देउवाले सरकारले निर्मला पन्तका हत्यारालाई संरक्षण दिईरहेको गम्भिर आरोप लगाए । उनले पन्तका हत्यारा पत्ता नलगाए सरकारविरुद्ध कडा कदम चाल्ने चेतावनी दिए ।

महामन्त्री शशांक कोइरालाले पार्टी नेतृत्व हस्तातरण गर्न सभापति देउवासँग आग्रह गरे । उनले पार्टीलाई एकतावद्ध बनाउनुको विकल्प नरहेको उल्लेख गर्दै त्यसको नेतृत्व गर्न पनि सभापति देउवाको ध्यानाकर्षण गराए ।

महामन्त्री कोइरालाले कम्युनिष्ट नेतृत्वको सरकारको सर्वसत्तावादलाई परास्त गर्न पनि पार्टीलाई एकतावद्ध बनाएर लैजानुको विकल्प नरहेको स्पष्ट पारे ।

महामन्त्री कोइरालाले पार्टीलाई एकतावद्ध बनाउन आफू लागिपर्ने प्रतिवद्धता व्यक्त गरे । पार्टीलाई अघि बढाउन गुट, उपगुट अन्त्य गरेर अघि बढनुको विकल्प नरहेको महामन्त्री कोइरालाको भनाई थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);