काठमाडौं, २९ भदौ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारसंग माफियाको सम्बन्ध भएका कारण देशैभर हत्या, हिंसा र बलात्कारका घटना वढेको आरोप लगाएका छन् ।
प्रगतिशिल पत्रकार संघले शुक्रबार धनगढीमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता केसीले यस्तो आरोप लगाएका हुन् । उनले माफियासंगको सम्बन्ध भएकै कारण सरकारले भएका घट्नाका दोषीलाई कारर्वाही नसकिएको बताए ।
पूर्व उपप्रधानमन्त्री समेत रहेको केसीले सरकारले दोषीलाई प्रक्राउ गर्न नसक्नुले राजनीतिक पहुँच कतिसम्म हुँदो रहेछ भनेर प्रमाणित भएको बताए । यो सरकार ईतिहासकै शक्तिशाली भएर पनि जनताको अपेक्षा पुरा गर्न नसकेको केसीको आरोप छ ।