चिकित्सकको लापरवाहीले बालकको मृत्यु भएको भन्दै विरोध | ईमाउण्टेन समाचार

Our Network

मंसिर २० २०८१, बिहीबार

चिकित्सकको लापरवाहीले बालकको मृत्यु भएको भन्दै विरोध

विराटनगर, २८ भदौ । श्री अस्पताल विराटनगरमा कार्यरत चिकित्सकको लापरवाहीका कारण ८ वर्षीय बालकको मृत्यु भएको भन्दै आफन्तले विरोध गरेका छन् ।

सप्तरी गोबरगाडा ८ का मोहम्मद मस्रुल अलीको बुधबार दिउँसो मृत्यु भएको हो । १५ दिन अघि सामान्य निमोनिया भएर अस्पताल भर्ना भएका अलीको एक हप्ता अघि घाँटीको शल्यक्रिया गरिएको थियो ।

शल्यक्रिया सकिएको ६ दिन पछी घाँटीबाट अत्यधिक रक्तश्राव हुँदा डाक्टर समयमा नआएका कारण बालकको मृत्यु भएको आफन्तको आरोप छ ।

विरोध पछि अस्पताल प्रशासन र पीडित पक्षबीच आज सहमति भएको छ । पीडितलाई क्षतिपुर्ती दिने निर्णय गरेपनि अस्पतालको नियत भने अझै खराव रहेको आफन्तहरुले गुनासो गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);