प्रतिनिधिसभा बैठकमा पाँच विधेयक पेश | ईमाउण्टेन समाचार

Our Network

मंसिर १९ २०८१, बुधवार

प्रतिनिधिसभा बैठकमा पाँच विधेयक पेश

samsad

काठमाडौं, २८ भदौ । प्रतिनिधिसभाको बैठकमा विभिन्न ५ वटा विधेयक सम्बन्धी सम्बन्धीत समितिका प्रतिवेदन पेश भएका छन् । प्रतिनिधिसभाको विहिबारको बैठकमा उपभोक्ता संरक्षण विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०७५, रोजगारीको हक सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०७५, आवासको अधिकार सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०७५ पेश भएको हो ।

त्यसैगरी सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०७५ र जनस्वास्थ्य विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०७५ पनि पेश भएका छन् ।

बैठकमा राष्ट्रियसभाबाट प्राप्त सन्देश सहित बातावरण संरक्षण पहिलो संशोधन विधेयक २०७५ र अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी पहिलो संशोधन विधेयक २०७५ पनि टेबल भएको छ ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले पारमाणविक विज्ञान तथा प्रविधि सम्बन्धी अनुसन्धान, विकास र तालिमका लागि सम्पन्न क्षेत्रीय सहयोग सम्झौता २०१७ पेश गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);