अर्गानिक तरकारी भेट्न मुस्किल | ईमाउण्टेन समाचार

Our Network

चैत २० २०८२, शनिबार

अर्गानिक तरकारी भेट्न मुस्किल

tarkari

गोपाल पोखरेल,
उदयपुर, २८ भदौ । पछिल्लो समयमा काठमाडौं उपत्यकामा मात्र हैन, मुख्य मुख्य शहरमा समेत अर्गानिक तरकारी भेट्न मुस्किल पर्न थालेको छ ।

आलुदेखि टमाटारसम्म मानिसहरुले पुरै औषधी हाल्न थालेका छन् । तर, उदयपुरको गोठडाँडामा बजार नुहँदा दैनिक उत्पादित करिव ६ क्यिून्टल गोलभेडा कुहिएर खेर गईरहेको छ । कटारी र घुर्मीको मध्य भागमा गहुवारी नजिकै रहेको गोठडाँडा गोलभेडा लागि पकेट क्षेत्र मानिन्छ । यहाका किसानले बिगत तीन बर्ष यता टमाटरलाई मुख्य आम्दानीको स्रोत बनाएका छन् ।

यस बर्ष गोठडाँडाका ४० परिवार किसानले ७३ ओटा टनेलमा गोलभेडा खेती गरेका छन । २ महिना यता किसानले दैनिक न्यूनतम प्रति क्रेट २० किलोग्रामका दरले ३० क्रेट गोलभेडा उत्पादन गरेका छन् । तर बिक्रीका लागि पर्याप्त बजार नभएका कारण टमाटर कुहिने अबस्था आएको छ ।

यहाँका किसानले गोलभेडासंगै काउली, बन्दा, अदुवा र क्राका उत्पादन गर्दै आएका छन् । उत्पादनका लागि समस्या नभएपनि बजार पु¥याउन नसकेका कारण किसानका यी उत्पादन समेत बारीमै कुहिने अबस्था छ । उपभोक्तले अर्गानिक तरिकाको महत्व नवुझदा“ पनि स्थानीय उत्पादनले बजार पाउन समस्या भएको उनीहरुको भनार्इं छ ।

कटारी नगरपालिकाले तरकारी खेती गर्ने किसानका लागि सहयोग गरिरहेको छ । बाहैमास तरकारी खेती हुने क्षेत्रका किसानलाई तरकारी खेतीमा प्रोत्साहन गर्ने निति पनि लिएको छ । तर किसानले उत्पादन गर्ने वस्तुलाई बजारसम्म पुर्याउन नसक्दा उनीहरुको आर्थिक अबस्थामा खासै फरक आएको छैन । कटारी नगरपालिकाको माथिल्लो क्षेत्रमा बाहै्रमास टमाटर, काउली, बन्दा, काक्रो, सिमि लगायतका तरकारी उत्पादन हुन्छन् ।

त्यसैले त्यस क्षेत्रका किसानको तरकारी खेतीबाटै आर्थिक उन्नती गराउने उदेश्य नगरपालिकाले राखेको छ । यही बाटो भएर जाने सिद्धिचरण लोकर्मागको पुनः निर्माण भए मात्रै यहाँको उत्पादनले सजिलै बजार पाउँने किसानहरु बताउँछन् । सडकको अबस्था सुध्रिने हो भने कटारी नगरपालिका क्षेत्रमा उत्पादन हुने तरकारी संघिय राजधानी काठमाण्डौ लगायत १ र २ नम्वर प्रदेशका मुख्य बजारसम्म निर्यात गर्न सकिने उनीहरुको भनाई छ ।