निर्मला हत्या प्रकरण थप रहस्यमय बन्दै | ईमाउण्टेन समाचार

Our Network

असार १२ २०८१, मंगलबार

निर्मला हत्या प्रकरण थप रहस्यमय बन्दै

nirmala panta hatya

काठमाडौं, २८ भदौ । कञ्चनपुर भिमदत्तनगरकी १३ वर्षीया वालिका निर्मला पन्तको हत्या प्रकरण थप रहस्यमय बन्दै गएको छ ।

प्रहरीद्धारा निर्दोष व्यक्तिलाई दोषीका रुपमा पस्कनु र छानविन समितीका सदस्यले एकाएक राजिनामा दिएर पुनः काममा फर्किनुले घटना रहस्यमय बन्दै गएको छ ।
जिल्ला अदालत कञ्चनपुरले प्रहरीद्धारा घटनामा दोषी भनिएका दिलिपसिंह विष्ट साधारण तारेखमा रिहा भइसकेका छन् । निर्मलाको डीएनएको प्रोफाइल र दिलीपसिंहको डीएनएको प्रोफाइल नमिलेपछि विष्ट साधारण तारेखमा छुटेका हुन् ।

मानसिक सन्तुलनसमेत गुमाएका विष्टलाई पन्तको वलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले गत ४ भदौमा घटनास्थल नजिकैबाट पक्राउ गरेको थियो । समाचार आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);