संघीयता असफल भैसक्यो, भारतले नेपालको नक्सा नै बदल्यो : सिपी गजुरेल (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

पुष १० २०८१, बुधवार

संघीयता असफल भैसक्यो, भारतले नेपालको नक्सा नै बदल्यो : सिपी गजुरेल (भिडियोसहित)

cpgajurel

काठमाडौं, २७ भदौ । नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार बनेको छ । यो बलियो सरकारमाथि केहि प्रस्नहरु तेर्सिएका छन् । खासगरी गृह मन्त्रालय र त्यस अन्तर्गतका काम कारवाहीको बारेमा केहि प्रस्नहरु तेर्सिएका छन् । त्यो भन्दा पहिला सरकारले असन्तुष्टि र फरक मत राखिरहेका पक्षसँग, हामी वार्ता गर्छौ भनेर वार्ता प्रस्ताव आहवान गर्यो । यसलाई धेरैले सकारात्मक भनेर स्वागत गरेका छन् । तर, अहिले असन्तुष्ट पक्षले साचो अर्थमा सरकारले वार्ता आहवान गरेको होइन भनेर प्रारम्भिक प्रतिक्रिया दिएका छन् । यस पछाडीको कारण के हो ? सँगै गृह मन्त्रि र मन्त्रालयसँग जोडिएका केहि प्रस्नहरु छन् जुन अहिले बहसको केन्द्रमा आउन थालेका छन् । बिप्लव पक्षका प्रवक्ता प्रकाण्डलाई पक्राउ र छोड्ने विषय बहसको केन्द्र बनेको छ । गृह मन्त्रीले तुजुक देखाए भनेर एक खालका मानिसहरु टिप्पणी गरिरहेका छन् । निर्मला पन्तको घटनामा सरकारले तत्परता देखाएन भनेर आलोचना पनि भईरहेको छ । यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले राष्ट्रिय जनगणतान्त्रिक मोर्चाका नेता सिपी गजुरेलसँग गरेको कुराकानी हेर्नुहोस् :

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);