काठमाडौं, २२ भदौ । प्रधानन्यायाधिशमा प्रस्तावित कामु प्रधानयायाधिश ओमप्रकाश मिश्रको सार्वजनिक सुनुवाई आगामी सोमबार हुने भएको छ । शुक्रबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई विशेष समितिको बैठकले प्रस्तावित प्रधानन्यायधिश मिश्रको सार्वजनिक सुनुवाई भदौ २५ गते सोमबार गर्ने निर्णय गरेको हो ।
बैठकले आगामी आईतबार प्रधानन्यायाधीशमा प्रस्तावित कामु प्रधानन्यायधीश मिश्र उपर उजुरी दिएका उजुरीकर्ताहरुहरुलाई छलफलको लागि बोलाएको छ । जम्मा ४ वटा उजुरी परेकोमा एउटा उजुरी उजुरीकर्ताले नै फिर्ता लिन चाहेपछि फिर्ता गरिदिने बैठकलनिर्णय गरेको छ ।
संवैधानिक परिषदले भदौ ७ गते सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधिश मिश्रलाईं प्रधान्यायाधिशमा सिफारिस गर्ने निर्णय गरेको थियो । प्रधानन्यायाधिशमा प्रस्तावित दिपकराज जोशीलाई संसदीय सुनुवाई विशेष समितिले अस्विकृत गरेपछि संवैधानिक परिषदले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधिश मिश्रलाई प्रधानन्यायाधिशमा सिफारिस गरेको हो ।
सो सिफारिसलाई संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरे राष्ट्रपति विद्या भण्डारीले मिश्रलाई प्रधानन्यायाधिशमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
यसैबीच बैठकले सबैधानिक परिषद्बाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस भएका नविनकुमार घिमिरे माथि सार्वजनिक उजुरीको आव्हान गरेको छ ।