निर्मला हत्या अनुसन्धानः सयभन्दा बढी ब्यक्तिसँग सोधपुछ, तर खुलेन अझै तथ्य ! | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

निर्मला हत्या अनुसन्धानः सयभन्दा बढी ब्यक्तिसँग सोधपुछ, तर खुलेन अझै तथ्य !

nirmala hatya

काठमाडौं, २२ भदौ । निर्मला पन्त हत्या प्रकरणमा प्रहरीको नयाँ टोलीले अनुसन्धान थालेको दुई साता भएको छ ।

प्रहरीले निर्मलताको बलात्कार र हत्या कुन ठाउँमा भयो र हत्यामा कतिजना संलग्न थिए भन्नेबारे कुनै तथ्य फेला पार्न सकेको छैन । कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायउतले आफुले अनुसन्धान क्रममा सयजना भन्दा बढीसँग सोधपुछ गरेको बताएका छन् ।

शकास्पद कतिपयलाई कागज गराएर छाडेका छौँ, कतिलाई सामान्य सोधपुछ गरेर छाडेका छैँ, उनले भने, शंकास्पद सबैभाथि सबै कोणबाट अनुसन्धान गरिरहेका छौँ ।, अहिलेसम्म कुनै ठोस तथ्या खुल्न नसेको उनले बताए ।

निर्मलाको शव साउन ११ गते भेटिएको थियो । घटना भएको एक महिनाभन्दा बढी भईसकेको छ । यस अवधिमा धेरै प्रमाण नष्ट भईसकेकाले अनुसन्धानमा जटिल्ता उत्पन्न भएको उनको भनाई छ ।, यो खबर आजको नागरिक दैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);