विद्यालय तहका कर्मचारी पनि आन्दोलनमा | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

विद्यालय तहका कर्मचारी पनि आन्दोलनमा

School-Building

काठमाडौं, २१ भदौ । विद्यालय कर्मचारी संयुक्त आन्दोलन परिचालन समितिले सरकारसँग उचित सुविधाको माग गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । .

समितिले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सरकारसँग उचित सुविधाको माग गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । सर्वोच्च अदालतले दिएको आदेश अनुसार सरकारले न्यूनतम सुविधा पनि नदिएपछि बाध्य भएर आन्दोलनको कार्यक्रम घोषणा गर्नु परेको समितिका सहसंयोजक रतनबहादुर सिंहले जानकारी दिए ।

आगामी भदांै ३१ गतेबाट सुरु हुने सात दिने आन्दोलनको कार्यक्रम अन्तरगत विद्यालयको तालाचाबी बुझाउने, आवश्यक सुविधा उपलब्ध गराउन सम्बन्धित जिल्ला प्रशासन कार्यालय र शिक्षा विकास तथा समन्वय इकाईमा ज्ञापन पत्र बुझाउने, प्रधानमन्त्री निवास बालुवाटार घेराउ गर्ने लगायतका रहेका छन् ।

सर्वोच्च अदालतले ५ वर्ष अघि ‘सेवा कानुन’ बनाई विद्यालयका कर्मचारीहरुलाई उचित सुविधाको व्यवस्था गर्न आदेश दिए पनि त्यसको कार्यान्वयन नभएपछि सरकारविरुद्ध आन्दोलन गर्न बाध्य हुनु परेको समितिको दावी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);