प्रतिनिधिसभा विकास तथा प्रविधि समितिद्वारा ७ सदस्यीय उपसमिति गठन | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८१, सोमबार

प्रतिनिधिसभा विकास तथा प्रविधि समितिद्वारा ७ सदस्यीय उपसमिति गठन

bikash ra prabidhi samiti

काठमाडौं, २१ भदौ । प्रतिनिधिसभा विकास तथा प्रविधि समितिले ‘आवासको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ अध्ययन गर्न ७ सदस्यीय उपसमिति गठन गरेको छ ।

बिहिबार बसेको समितिको बैठकले सो विधेयकमाथि अध्ययन गरी आवश्यक सुझाव दिन अनिलकुमार झा, आशा कुमारी विश्वकर्मा, केदार सिग्देल, दुर्गा पौडेल, राजेन्द्रप्रसाद लिङदेन, मिनाक्षी झा र हरिनारायण रौनियार रहनु भएको ७ सदस्यीय उपसमिति गठन गरेको हो ।

उपसमितिले अध्ययन गरी तयार पारेको सुझावको आधारमा ‘आवासको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ परिमार्जन गरी प्रतिनिधिसभामा पठाउन लागिएको समितिका जेष्ठ सदस्य जीपछिरिङ लामाले जानकारी दिए।

बैठकमा समितिका सदस्यहरुले सबै नागरिकको आवास पाउने अधिकार सुनिश्चित हुने गरी कानुनी व्यवस्था गर्न विधेयकमा आवश्यक संशोधन गर्नुपर्ने प्रस्ताव राखेको थिए ।

विधेयकमा आवासविहिन नागरिकलाई आवासको सुनिश्चित गर्न विशेष कानुनी व्यवस्था गर्ने उल्लेख गरिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);