वनमा ढलान गरे ‘सम्पदा रहन्न’ | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

वनमा ढलान गरे ‘सम्पदा रहन्न’

jungle dhalan

काठमाडौँ, २० भदौ । पशुपति क्षेत्रको वन सम्पदा श्लेष्मान्तकमा अहिले धमाधम कंक्रिट राखेर बाटो बनाउने काम भइरहेको छ । विश्व सम्पदा क्षेत्रमा सूचीकृत यो क्षेत्रमा प्राचीन स्मारक ऐन र पशुपति क्षेत्रमा लागू भएको मापदण्डले समेत परिकल्पना नगरेको आधुनिक निर्माण सामग्री प्रयोग गरेर बाटो बनाउने काम भइरहेको छ ।

यसले एकातिर सम्पदाको मूल्य मान्यतामा प्रहार भइरहेको छ भने अर्कोतिर यहाँको प्राकृतिक वातावरणमा असर परेको छ । वन सम्पदामा कंक्रिट राख्दा के असर पर्छ । विभिन्न विज्ञका विचार ।

वातावरण बिग्रन्छ
पशुपति क्षेत्रको श्लेष्मान्तकमा सिमेन्ट राख्दाको नकारात्मक पक्ष धेरै छ । रूखपात जंगल घट्दै जाँदा प्राकृतिक वातावरण व्यवस्थापन हुन सकेको छैन । सिमेन्ट राखेपछि माटो घट्छ । पानी सोस्ने प्रक्रियामा असर गर्छ । माटो धेरै हुँदा पानी सोस्नेदेखि बिरुवा बढ्ने प्रक्रिया बढ्दै जान्थ्यो । वन, बिरुवा चराचुरुङ्गी बढ्थे । श्लेष्मान्तकको पौराणिक महत्त्व बढी छ । यहाँ पुराना रूख, थुप्रै जडीबुटी छन् । यो प्राचीन ठाउँ भएकाले उत्खनन गर्नुपर्ने धेरै विषय हुन सक्छन् । ती ठाउँमा ढलान गरिदिएपछि उत्खनन गर्नुपर्ने विषय छोपिने भए ।

ढलानले त्यहाँ भएका बाँदर, चराचुरुङ्गीलाई अप्राकृतिक रूपमा लैजाने भयो । मान्छेको आवतजावत धेरै हुँदा मान्छेमा रोग हुन सक्छ । फोहोर हुन सक्छ । त्यो जनावरलाई सर्ने सम्भावना पनि हुन्छ । पशुपतिका बाँदरले अहिले भण्डारखाल, गौशालालगायतमा दुस्ख दिइरहेका छन् । जंगल मासिएपछि त्यहाँका बाँदर बस्तीतिर पस्ने भए ।

तिनको खानेकुरा कम हुने भयो । यहाँ स्याल, वनबिरालो, न्याउलीलगायतका जीवजन्तु पाइन्छन् । तिनको बसाइमा असर गर्ने भयो । हामीले मान्छेका मात्र सुविधा खोज्नु हुँदैन । जीवजन्तुका सुविधा पनि हेर्नुपर्‍यो । काठमाडौंमा हरियाली घटेको छ । त्यही भएर हामी चक्रपथमा रूख रोप्ने योजना ल्याउँछौं । तर भएको जंगलमा चाहिँ कंक्रिट बिछ्याइराखेका छौं ।

जलाधार बिग्रन्छ
जंगल जलाधार पनि हो । पानी जमिनमा सोसिनुपर्छ । पानी जाने ठाउँमा सिमेन्टले प्वालै थुनिदिएपछि पानी कहाँबाट जाओस्  वाग्मतीमा ढलान भयो । त्यसले पानी जमिनमुनि जान रोकियो । अहिले पानी वाग्मतीमा जाने कि कता जाने भन्ने छ ।

जंगलमा पानी व्यवस्थापन गर्न सके राम्रो । जमिनमा वन्यजन्तु अनि घाँसका कुरा आउँछन् । त्यो ठाउँमा ढलान गरिदिएपछि अप्राकृतिक देखियो । पानी जाने बाटो बन्द हुने भयो । यसले पानीको आवतजावतमा असर गर्‍यो । यहाँका प्राचीन समयका रूखलाई पनि असर गर्‍यो ।
बिरुवा पनि पुराणमा भएकै लगाउनुपर्छ
विश्व सम्पदामा परेको सांस्कृतिक सम्पदाको आफ्नै नीति नियम हुन्छ । युनेस्कोको नीति नियम हुन्छ । त्यही अनुसार निर्माण गर्नुपर्ने हुन्छ । यो ठाउँको विशेष महत्त्व भएकाले यहाँ पुनर्निर्माण गर्दा ध्यान दिनुपर्छ । यसको नयाँ गुरुयोजना पनि बन्दै छ ।

त्यसका लागि बेग्लाबेग्लै टिम बनाएर काम भइरहेको छ । त्यसैका आधारमा गुरुयोजनाको काम हुँदै छ । हतारमा काम गर्दा कुनै बेला समस्या पनि हुन्छ । नयाँ संरचना बनाउन समय लाग्दैन । तर पुराना बनाउन धेरै समय लाग्छ ।

पशुपति क्षेत्रको जंगलको धेरै महत्त्व छ । यो जंगल विश्व सम्पदा क्षेत्रमा परेर मात्रै चर्चा भएको होइन । पशुपति पुराण, हिमवत खण्ड पुराणजस्ता प्राचीन साहित्यमा पनि यहाँका जंगलका चर्चा भएका छन् । त्यही भएर यसको विशेष महत्त्व छ । पार्क भनेर रूखबिरुवा रोप्नु त राम्रो भयो । तर सिमेन्ट लगाउनु राम्रो भएन । रूख पनि जुन पायो त्यही लगाएर हुँदैन ।

प्राचीन साहित्यमा जुन रूखको बयान गरिएको छ, त्यही रूख लगाउनुपर्छ । नेपाल महात्म्यमा सुन्तलालगायत बिरुवा भएको उल्लेख छ । त्यहीअनुसार नयाँ रूख रोप्न सकिन्छ । यो ठाउँमा योग गर्न सकुन् । ध्यान गर्न सकुन् । पशुपतिकै हिसाबले यसलाई संवद्र्धन गर्न सकियो भने यहाँ विश्वभरिका हिन्दुलाई ल्याउन सकिन्छ । अनि हाम्रो पर्यटन माथि जान्छ ।

ऐतिहासिकता बुझिएन
– विष्णुबहादुर कार्की, पुरातत्त्वविद्

विश्व सम्पदामा कंक्रिट राख्नै पाइँदैन । खास कुरा यहाँको संवेदनशीलता र ऐतिहासिकता याद गर्नुपर्ने हो । यहाँ त्यसो गरिएन । यहाँको ऐतिहासिक वातावरण प्रदूषित बनाइयो । जे पायो त्यही किन गरेको यहाँ , यहाँ बस जाने होइन, ट्रक जाने पनि होइन । मान्छे हिँड्ने हो । मान्छे मात्रै हिँड्ने बाटोमा त्यत्रो कंक्रिट ओछ्याउन के जरुरी छ  । मान्छे हिँड्नकै लागि त माटो नै बिछ्याएको भए भइहाल्थ्यो ।

यहाँ राजनीतिक नियुक्ति लिएर आएका मानिसले संस्कृति र यसको संवेदनशीलता बुझ्दैनन् । किन यो ठाउँ सम्पदा सूचीमा पर्न गयो भन्ने बुझ्दैनन् । सदस्य सचिवमा सनक चढ्यो भने जे पनि गरिदिन्छन् । त्यही भएर पशुपतिको मौलिकता बिग्रिएको हो । सम्पदाको अनुशासनमा नबस्ने, सम्पदाको मर्ममा नरहने भनेको मनपरी तन्त्र हो ।

सदस्य सचिवले के गर्नुहुन्छ, के हुँदैन भनेर विशेषज्ञसँग सोध्दैनन् । पुरातत्त्व विभाग पनि सुतेर बसेको हो कि  समाचारमा सुनिन्छ, बनाउन दिएकै हैन । त्यसो हो भने भत्काउन किन नगएको  पुरातत्त्व विभाग नै पुरातत्त्वको विपरीत गएको छ ।

पुरातत्त्वको महत्त्व पछि बुझ्दै जान्छन् अब । हामीकहाँ नाश गर्ने काम भएको छ । अब कसले कुरा सुन्ने  बहस गर्नुपर्ने हो अब । तर कसले गर्ने  जोगाउनुपर्ने निकाय महानगरपालिका हो । महानगरले झन्–झन् विनाश गर्दै गएको छ । पशुपति कोषले गर्नुपर्ने हो । कोषको पारा यही छ । पुरातत्त्वले गर्नुपर्ने हो । पुरातत्त्वको पारा पनि उही छ । आजको कान्तिपुर दैनिकमा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);