काठमाडौं, १७ भदौ । प्रधानमन्त्री केपी ओलीले बालिका बलात्कारलगायतका घटना हुन नदिन सबैलाई गम्भिर बन्न आह्वान गरेका छन् ।
गृह मन्त्रालयले आइतबार संबिधान दिवस मुल समारोह समिति बैठकलाइ सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बालिका बलात्कार, महिला अहिंसालगायतका घटनालाई सरकारको कमजोरीको रुपमा मात्रै लिन नहुने पनि स्पष्ट पारे । उनले आत्म अनुशासनको माध्यामबाट मुलुकमा हिंसा, हत्या, बलात्कारलगायतको घटना हुन नदिन सबै पक्षलाई संयमित हुन पनि आग्रह गरे ।
प्रधानमन्त्री ओलीले मुलुकमा अझै पनि जातीय हिंसा भड्काउन कोसिस भईरहेको उल्लेख गर्दै सचेत रहनुपर्ने आवश्यक्ता पनि औंल्याए । उनले सामाजिक चेतनाको माध्यामबाट समाजलाई भड्काउन खोज्ने तत्वहरुलाई निष्तेज पार्न पनि मातहतका निकायलाई सचेत गराए ।