आज श्री कृष्ण जन्माष्टमी पर्व | ईमाउण्टेन समाचार

Our Network

पुष ९ २०८१, मंगलबार

आज श्री कृष्ण जन्माष्टमी पर्व

krishana god

काठमाडौं, १७ भदौ । आज श्री कृष्ण जन्माष्टमी पर्व,आजैको दिन मामा कंशको कैदमा रहेका पिता वासुदेव र माता देवकीको गर्भबाट भगवान श्रीकृष्णको जन्म भएको मान्यता रहिआएको छ ।

हातमा मुरली, शिरमा मयूरको प्वाँख, शितल बगैंचामुनी, जीवजन्तुहरुको साथमा गोपिनीहरूको माया सहित बाँसुरीको मधूर धूनमा रमाउने भगवान श्री कृष्णको जन्म आजैको दिन भएको मान्यता रहिआएको छ । संसारभरका हिन्दु धर्मावलम्वी अनि श्री कृष्णका भक्तहरुले आज प्रिय भगवान कृष्णको जन्मदिवस मनाउँदैछन् ।

अत्यन्तै तेजश्वी र प्रभावशाली व्यक्तित्वका धनी भगवान श्री कृष्णमा बाँसुरी बजाएर सबैलाई मन्त्रमुग्ध पार्न सक्ने खुबी रहेको विश्वास गरिन्छ । उनको मुस्कानमा हर्ष छ, मनमा सौन्दर्यता र सौम्यताको अद्भभूत संगम रहेको मान्यता रही आएको छ । गोविन्द, कान्हा, कन्हैया, मुरलीमनोहर, श्यामसुन्दर आदि थुप्रै नामबाट पुकारिएका भगवान श्री कृष्णलाई जगतका सम्पूर्ण घटनाको मुख्य सर्जकका रुपमा पनि सम्झिने र पूजा गर्ने गरिन्छ ।

आज देशभरका कृष्ण मन्दिरहरुमा निकै नै श्रद्धाभाबका साथमा भक्तहरुले पूजा अर्चना गरेर श्री कृष्ण जन्माष्टमी पर्व मनाउने गर्दछन् । विशेष गरेर पाटनको कृष्ण मन्दिरमा आज कृष्ण अनुयायीहरुले श्री कृष्ण प्रति श्रद्धा व्यक्त गर्दै मेला भर्ने गर्दछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);