कपिलवस्तुमा आज तिनछट्ठी पर्व धुमधामका साथ मनाईँदै | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८२, मंगलबार

कपिलवस्तुमा आज तिनछट्ठी पर्व धुमधामका साथ मनाईँदै

कपिलवस्तु, १६ भदौ । कपिलवस्तुमा आज तिनछट्ठी पर्व धुमधामका साथ मनाईँदै छ । जिल्लाको सदरमुकाम तौलिहवाको मुल नहरको छेउमा छोराको दिर्घायु तथा सु-स्वास्थको कामना गर्दै महिलाहरुले यो पर्व मनाईरहेका छन् ।

तिलौराकोटमा बिहानै देखी कुश र मौवाको रुखको पात लिनका लागि स्थानीयहरुको भिड लागेको थियो । तिनछट्ठी पर्वमा परासको पात, मौवाको पात, महुवा, दही राखी पुजा गर्ने परम्परा रहँदै आएको छ ।

हिन्दु धर्म अनुसार महिलाहरु नयाँ कपडा लगाएर छोराको जीवन रक्षा तथा लामो आयुका लागि भोकै व्रत बस्ने गर्दछन् । यो पर्वमा फलफुल, दही, महुवा, साग र धानको चामलबाट बनेकोे खानेकुरा प्रसादको रुपमा खाने प्रचलन रही आएको छ ।