वेपत्ता पारिएका ३६ जनाको अवस्था सार्वजनिक गर्न माग | ईमाउण्टेन समाचार

Our Network

मंसिर १८ २०८१, मंगलबार

वेपत्ता पारिएका ३६ जनाको अवस्था सार्वजनिक गर्न माग

सिरहा, १४ भदौ । सिरहामा द्धन्द्धकालमा राज्य र विद्रोही पक्षबाट वेपत्ता पारिएका ३६ जनाको अवस्था सार्वजनिक गर्न परिवारले माग गरेका छन् । बिहीवार जिल्लामा आयोजित कार्यक्रममा वेपत्ता पीडित परिवारका परिवारले ३६ जनाको अवस्था सार्वजनिक गर्न माग गरेका हुन् ।

कार्यक्रममा बरियारपट्टी गाउँपालिका–४ सोहपुरकी जासोदेवीले श्रीमानको वास्तविक अवस्थावारे अहिलेसम्म खवर समेत नपाएको गुनासो गरिन् । उनले वेपत्ताको परिवारको सूचीमा परेकोलाई राज्यले आर्थिक सहायता दिएर झारो टार्ने काम मात्रै गरेको भन्दै आफ्ना श्रीमानवारे वास्तविक जानकारी गराउन समेत माग गरिन् ।

जासोदेवीका श्रीमान् सतिलाल यादवलाई २०५८ सालमा नेपाली सेनाले घरबाट लिएर गएको थियो । सिरहा जिल्लामा द्वन्दकालमा १६६ जनाको मृत्यु भएको र ३३ जना वेपत्ता भएको तथ्यांक छ । त्यसमा पीडित परिवारले पाउने सहयोग उपलव्ध गराउँदै आएकोे सिरहाका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);