काठमाडौं, १३ भदौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रधानमन्त्री केपी ओलीमा भगवान् अवतारको भ्रम सिर्जना भएको आरोप लगाएका छन् ।
बुुधबार राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाली कांग्रेसको केन्द्रीय सदस्य गगन थापाले प्रधानमन्त्री भगवान्को अवतारको रुपमा आएझैँ गरेर दिग्भ्रमित भएको बताए ।
उनले प्रधानमन्त्री संघीय राज्यको भार बहन गर्न नसकेको आरोप लगाउँदै ५ वर्षसम्म निरन्तर यो सरकार रहिरहेमा लोकतन्त्रको भविष्य खतरामा पर्ने बताए ।
वर्तमान सरकारले आफ्नो पदिय दायित्व भुलेर कांग्रेसको आलोचनामा मात्र समय बिताएको आरोप कार्यक्रममा सहभागी नेपाली काँग्रेसका नेताहरुले लगाएका छन् ।