काठमाडौं, १२ भदौ । म्यान्मारका राष्ट्रपति विन मिन्त आज अपराह्न काठमाडौं ओर्लिएका छन् । उनी काठमाडौं आउनु भन्दा अघि नै महानगरीय ट्राफिक प्रहरी महाशाखाले गौशाला, त्रिभुवन विमानस्थल, तीनकुने नयाँ वानेश्वर, माइतिघर थापाथली, त्रिपुरेश्वर हुँदै कलंकीसम्मका सवारीलाई दुईतर्फी रुपमा अवरुद्ध गरेको थियो । सडक अबरुद्ध हुँदा यात्रुले सास्ती खेप्नु परेको थियो ।
बिम्स्टेकको चौथो शिखर सम्मेलनमा भाग लिन म्यान्माका राष्ट्रपति विन मिन्त विशेष विमानबाट आज काठमाडौं आइपुगेका हुन् । विमानस्थल ओर्लिए लगत्तै उनलाई सिधै होटल सोल्टी लगिएको छ।
राष्ट्रपति विनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरेका थिए।