बल्खु तरकारी बजारमा व्यापारीको मनोमानी | ईमाउण्टेन समाचार

Our Network

मंसिर १९ २०८१, बुधवार

बल्खु तरकारी बजारमा व्यापारीको मनोमानी

काठमाडौं, ११ भदौ । काठमाडौंको बल्खु स्थित तरकारी बजारका अधिकांश तरकारी विक्रेताले बिल बिजक विना नै तरकारी खरिद तथा विक्रि गर्ने गरेको पाईएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति विभागको टोलिले सोमबार बिहान गरेको अनुगमनका क्रममा सो तथ्य फेला परेको हो । अधिकांश तरकारी पसल दर्ता छैनन् भने तरकारी खरिदको बिल समेत उनीहरुसंग नभएको अनुगमन टोलीले फेला पारेको छ ।

कानूनको दृष्टिमा अबैध रुपमा सञ्चालन भईरहेका झण्डै ९० प्रतिशत तरकारी बिक्रेतासंग तरकारी खरिदको कुनै पनि किसिमको अभिलेख नरहेको फेला परेको छ । एकाबिहानै राजधानी बाहिरबाट आउने तरकारीका ट्रकसंग तरकारी झार्ने र खुद्रा तथा थोक विक्रि गर्ने गरेका व्यापारीलाई ट्रकबाट झारिएको तरकारीको मुल्यको दर समेत थाहा नभएको पाईयो ।

उनीहरु ढुक्कसंग भन्दै थिए विक्रि मुल्य निर्धारण भएपछि विक्रिको आधारमा तरकारीको मुल्य तोकिने छ । ट्रकबाट झारेको तरकारीको खरिद र विक्रि मुल्य कति भन्ने उत्तर समेत व्यापारीले अनुगमन टोलीलाई दिन सकेनन् । खरिद बिल र विक्रि दरका बारेमा नै निकैबेर दुईपक्षीय बादविवाद चलिरह्यो ।

व्यापारीको कुरा सुन्दा जो कसैलाई पनि लाग्दथ्यो त्यहाँ बेबारिसे रुपमा तरकारी आउँछ । विक्रि हुन्छ अनि व्यापारिले फोन गरेर तरकारीको मुल्य दिन्छन् ।

उनीहरु अनुगमन टोलीसंग निर्धक्क भन्दै थिए बजार हेरेर मुल्य निर्धारण हुन्छ । बजारमा आवश्यकता भन्दा बढी माल आए मुल्य कम हुन्छ । आवश्यकता भन्दा कम माल आए मुल्य बढी हुन्छ ।

बल्खु कृषि तथा तरकारी बजारका सञ्चालक मोहन बस्नेतले डोको डोकोबाट संकलन गरेर ल्याएको तरकारी चोक चोकमा बेच्ने अवस्थालाई केही व्यवस्थित गर्दै छानामुनी सारिएकाले अन्य उद्योग व्यवसाय जस्तो कृषि व्यवसायलाई हेर्न नुहुने बताउँछन् ।

उनले कानुनी रुपमा दर्ता हुने र बिल बिजक जारी गर्ने लगायत काम भईरहेको भएपनि किसानले बिल दिने र व्यापारीले बिल काट्ने पद्धतिको सुरुवात नभएसम्म तरकारीको मुल्यलाई व्यवस्थित गर्न नसकिने बताए ।

अनुगमन टोलीमा रहेका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीका स्वकिय सचिव सन्तोष विष्टले कानुनले कल्पना गरेको व्यवस्थित बजार नपाईएको प्रतिक्रिया दिए । अनुगमनमा अवरोध श्रृजना गरेको भन्दै एक व्यापारीलाई नियन्त्रणमा लिए पनि बिल बिजक बिना तरकारी बेच्ने र खरिद बिल बिना नै ट्रकका ट्रक तरकारी झार्ने व्यापारीलाई कानुनी दायरमा ल्याउन आवश्यक ठानेन सरकारले ।

यसअघिका पटक पटकका अनुगमनमा पनि मुल्य सुची, खरिद मुल्य र विक्रि मुल्य तथा बिल बिजकको समस्या देखेको अनुगमन टोलीले यस पटक पनि अर्को अनुगमन सम्मका लागि व्यापारिलाई अबैध काम गर्न छुट दिएको छ ।

विभागका निरीक्षक अधिकृत दिपक पोखरेलको नेतृत्वको अनुगमन टोली सोमबार सबेरै ३ बजे बल्खु तरकारी बजार पुगेको थियो । टोलीले साढे ३ बजे देखि बजार अनुमगन सुरु गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);