हतारोमा विधेयक ल्याउने काम नगर्न सरकारलाई थापाको आग्रह | ईमाउण्टेन समाचार

Our Network

पुष १ २०८१, सोमबार

काठमाडौं, ११ भदौ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता गगन थापाले हतारोमा विधेयक ल्याउने काम नगर्न सरकारलाई आग्रह गर्नु भएको छ ।

नेता थापाले सरकारले ल्याएको ‘अनिवार्य तथा निःशुल्क शिक्षाको व्यवस्था गर्न बनेको विधेयक, २०७५’ माथि सोमबार काठमाडौंमा आयोजित सरोकारवालाहरुसँगको सामूहिक छलफलमा थुप्रै कुरा छुट्ने भएकाले हतारोमा विधेयक ल्याउने काम नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनले अनिवार्य तथा निःशुल्क शिक्षाको व्यवस्था गर्नुअघि राज्यसँग लगानी गर्ने क्षमता कति छ भनि विश्लेषण गर्न पनि सरकारलाई सचेत गराए । सरकारले ल्याएको अनिवार्य तथा निःशुल्क शिक्षाको व्यवस्था गर्न बनेको विधेयकमा कक्षा ८ सम्मको शिक्षालाई निःशुल्क गर्ने प्रावधान राखिएको छ ।

नेता थापाले बजेट नहेरी हचुवाको भरमा निःशुल्क शिक्षाको घोषणा गर्ने काम सरकारले गर्न नहुने स्पष्ट पारे । काँग्रेस नेता थापाले सार्वजनिक शिक्षालाई सुधार गर्दै अघि बढाउने नीति लिन पनि सरकारको ध्यानाकर्षण गराए ।

पूर्व स्वास्थ्य मन्त्री समेत रहेका थापाले शिक्षालाई संवैधानिक व्यवस्था अनुसार मौलिक हकको रुपमा स्थापित गराउन व्यापक छलफलको आवश्यक्ता रहेको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);