काठमाडौं, ८ भदौ । आगामी भदौ १४ र १५ गते हुने बिमस्टेक सम्मेलनमा सहभागी हुने पाहुँनाहरुको उपचारका लागि विभिन्न अस्पतालमा स्वास्थ्य उपचारको आवश्यक व्यवस्था मिलाइएको छ ।
पाहुनाको स्वास्थ्यलाई ख्याल गर्दै सोल्टी होटलस्थित सम्मेलन स्थलमा वीर अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी लगायतको एउटा टोली रहने छ । आगामी भदौ १४ र १५ गते हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको सहयोग प्रयास (बिमस्टेक) सम्मेलनमा सहभागी हुने पाहुँनाको आकस्मिक उपचाकार लागि विभिन्न अस्पतालमा आवश्यक व्यवस्था मिलाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्मेलनमा सहभागिको स्वास्थ्यमा आउन सक्ने आवश्यक अवस्थालाई मध्यनजर गर्दै वीर अस्पताल, त्रिवी शिक्षण अस्पताल, पाटन अस्पताल र नेपाली सेनाको अस्पतालमा उपचारको व्यवस्था मिलाइएको हो । सरकारी अस्पचालबाहेक थापाथलीस्थित नर्भिक, नख्खुस्थित नेपाल मेडिसिटी लगायत अस्पताललाई पनि तयारी अवस्थामा रहन भनिएको छ ।
पाहुनाको स्वास्थ्यलाई ख्याल गर्दै २ दिनसम्म सोल्टी होटलस्थित सम्मेलन स्थलमा समेत प्राइमरी र भइपरी आउने उपचारका लागि चिकित्सक तथा स्वास्थ्यकर्मी, एम्बुलेन्स सेवा सहितको स्वास्थ्य युनिट २४ सै घण्टा खडा गरिने भएको छ । टोलीमा चार जना चिकित्सक, नर्स, प्यारामेडिक्स र ल्याव टेक्निसियन रहने बताइएको छ । साथै तोकिएका सबै अस्पतालहरुमा पनि टोली तयारी अवस्थामा रहने जनाइएको छ ।
विमस्टेक सम्मेलनमा नेपाल सहित भारत, भुटान, बंगलादेश, श्रीलंका, थाइल्याण्ड र म्यानमारका भिभिआइपी पाहुन आउँदैछन । वीर अस्पतालका भिआइपी, भिभिआइपी र आकस्मिक कक्षहरु पनि तयारी अवस्थामा राखिने अस्पतालका निर्देशक भुपेन्द्र बस्नेतले जानकारी दिनुभएको छ । विदेशीहरु नेपाल आउँदा आकस्मिक रुपमा आउनसक्ने स्वास्थ्य समस्यामा तत्काल स्वास्थ्य सेवाको पहुँच पु¥याउन यस्तो तयारी गरिएको हो ।
हाम्रो देशको सान र विदेशीहरुको हेर्ने नजरमा नकारात्मक असर पर्न नदिन पनि स्वास्थ्य सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउने प्रयत्न पनि भएको छ । जुन सकारात्मक पक्ष हो ।




