भृकुटीमण्डपमा तीज महोत्सव सुरु | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

भृकुटीमण्डपमा तीज महोत्सव सुरु

काठमाडौं, ७ भदौ । काठमाडौंको भृकुटीमण्डपमा १७ औं तीज महोत्सव सुरु भएको छ । नेपाली महिला उद्यमीहरुको उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ १७ औं तीज महोत्सव बिहीबारबाट सुरु भएको हो ।

४ दिनसम्म चल्ने महोत्सवमा तीजका सामग्रीहरु विशेष छुटको साथ पाउने व्यवस्था गरिएको महोत्सव व्यवस्थापक पशुपति केसीले जानकारी दिए ।

महोत्सवमा २ सय भन्दा बढि स्टल राखिएका छन् । करिव ६० हजारले अवलोकन गर्ने अपेक्षा गरिएको महोत्सवमा तीजका पहिरनसहितको सामग्रीहरुलाई विशेष प्राथमिकताका साथ राखिएका छन् ।

महोत्सवको उद्घाटन गरेका महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले पनि रुचिपूर्वक सबै स्टलहरुको अवलोकन गरेकी छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);