दाङमा शनिवार पनि सरकारी कार्यालय खुल्ने | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८१, सोमबार

दाङमा शनिवार पनि सरकारी कार्यालय खुल्ने

दाङ, २ भदौ । दाङमा शनिवार पनि सरकारी कार्यालय खुल्ने भएका छन् । सेवा ग्राहीहरुलाई हप्ताको सातै दिन सेवा दिने उद्देश्यले जिल्ला प्रशासन कार्यालय दाङले शनिबार पनि कार्यालय खोल्ने भएको हो ।

भदौ १ गते जिल्ला प्रशासन कार्यालयले शनिबार पनि कार्यालय खोलेर सेवा दिन सुरु गरेकोमा अब अन्य कार्यालयमा पनि लागु गरिने प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिए ।

यसले सेवाग्राहीहरुलाई सहज हुने जिल्ला प्रशासन कार्यालयको विश्वास छ । प्रमुख जिल्ला अधिकारी श्रेष्ठले शनिवार कार्यालय सञ्चालनको लागि जिल्लाका अन्य सरकारी कार्यालय र स्थानीय तहहरुसँग पनि राय लिइरहेको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);