नेपालगन्ज उपमहानगरमा धमाधम विकास निर्माण | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

नेपालगन्ज उपमहानगरमा धमाधम विकास निर्माण

क्षेत्रनाथ देबकोटा
बाँके, २ साउन । जनप्रतिनिधि आएसँगै नेपालगन्ज उपमहानगरपालिकामा विकासको कामले गती लिएको छ । फराकिला सडक र नाला निर्माणले शहरको स्वरुपनै फेरिँदै छ । नगरबासीले पनि सडक क्षेत्रमा निर्माण भएका पर्खाल, घरलगायतका संरचना भत्काएर सडक विस्तारको काममा सघाइरहेका छन् ।

यतीबेल नेपालगन्ज उपमहानगरपालिकामा धमाधम विकास निर्माणका काम भइरहेका छन् । जनप्रतिनिधि आएसँगै सुरु भएको सडक विस्तार अभियान र नाला निर्माणले नेपालगन्जको स्वरुप नै फेरिँदै गएको छ ।

नगरवासी पनि सडक क्षेत्रमा निर्माण भएका पर्खाल, घरलगायतका संरचना भत्काएर सडक विस्तारको काममा सघाइरहेका छन् । नगरवासीको साथसहयोगले उपमहानगरपालिका पनि काम गर्न उत्साही भएको छ ।

साँढे दुई बर्ष भित्र निर्माण सक्ने गरी कालिका कन्स्ट्रक्सन प्रालिले सडक विस्तारको जिम्मा लिएको छ । यस अन्तर्गत नेपालगन्जको चारवाहिनी–त्रिवेणीमोड सदरलाइन, बलबुलिया सडक तथा नाला निर्माणको काम तीब्र गतिमा भइरहेको छ ।

सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय नेपालगन्जले पनि उपमहानगरपालिका क्षेत्रमा सघन सहरी विकास कार्यक्रम अन्तर्गत करिब ३२ किलोमिटर सडक र नाला निर्माण गरिरहेको जनाएको छ । करिब १ अर्ब ५० करोडको लागतमा उपहमहानगरपालिका क्षेत्रमा १८ वटा सडक निर्माण भइरहेका छन् ।

डिभिजन कार्यालयले बनाउने सडक ६ देखि १६ मिटरसम्म चौडाइका छन् भने ती सबै सडकसँग आवश्यकताका आधारमा नालाहरु पनि निर्माण हुनेछन् । जसमध्ये राझा चोकदेखि नेपालगन्ज विमानस्थल गेटसम्मको डेढ किलोमिटरसहित विभिन्न ५ वटा गरी करिब साढे १७ किलोमिटर सडक निर्माण कार्य सम्पन्न भइसकेका छन् । एकैसाथ दुई दर्जनभन्दा बढी स्थानमा सडक विस्तार तथा नाला निर्माण सुरु भएपछि नगरवासी पनि उत्साहित छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);