प्रधानमन्त्रीले प्रदेश २ को प्रदेशसभा बैठकमा सम्बोधन गर्दै के भने ? | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

प्रधानमन्त्रीले प्रदेश २ को प्रदेशसभा बैठकमा सम्बोधन गर्दै के भने ?

जनकपुरधाम, २ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नम्बर २ को प्रदेशसभा बैठकलाई शनिबार सम्बोधन गरेका छन् । उनले प्रदेश २लाई सबैभन्दा बढी सम्भावना बोकेको प्रदेश भएको संज्ञा दिए ।

कृषिको आधुनिकीकरण
जनकपुरमा आज २ नम्बर प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले प्रदेशको विकासका लागि संघीय सरकारले विशेष नीति बनाएको जानकारी दिए । जनताको आधारभूत आवश्कता पूरा गर्दै तराई मधेसमा कृषिको आधुनिकीकरण गरिने प्रधानमन्त्रीले बताए ।

तराईमा मल कारखाना
प्रधानमन्त्रीले तराईलाई सुख्खा र मरुभूमिबाट जोगाउनुपर्ने बताउँदै कोशी–मरिन–कमला डाइभर्सन निर्माण गरेर सिँचाइको व्यवस्था मिलाउने उल्लेख गरे । उनले तराईमा मल कारखाना खोल्ने जानकारी दिए ।

भारत र चीनको साथ
विकासका लागि ठूला योजनाहरु बनाउनैपर्ने दोहो-याउँदै प्रधानमन्त्री ओलीले भने, ‘‘साँझ विहान छाक टार्ने मात्रै कुराले मुलुक विकसित हुन सक्दैन ।’’ नेपाल सरकारले लिएको ‘सुखी नेपालीः समृद्ध नेपाल’को नारालाई भारत र चीनले पनि साथ दिएकोमा प्रधानमन्त्रीले खुसी व्यक्त गरे ।

प्रधानमन्त्रीका योजना
प्रधानमन्त्रीले तराईको सप्तरीबाट नेपाल समुद्रसँग जोडिन लागेको बताउँदै राजविराजमा मेडिकल कलेज खोल्ने, पाँच वर्षभित्र हुलाकी सडक निर्माण गर्ने, २ नम्बर प्रदेशका ८ जिल्लामा ८ हजार घर निर्माण गर्नेलगायतका योजना सुनाए ।

संविधान संशोधन गर्न सकिन्छ
प्रधानमन्त्रीले आफ्नो जीवन विभेदविरुद्ध लडेको स्मरण गर्दै नयाँ संविधानमा कुनै क्षेत्र र समूदायले विभेदको महसुस गरे संविधान संशोधन गर्न सकिने बताए । प्रधानमन्त्रीले कुनै पनि नेपाली नागरिकताविहीन हुन नसक्ने प्रष्ट पारे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);