'करको कुरा अतिरञ्जित मात्रै' | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८१, शनिबार

‘करको कुरा अतिरञ्जित मात्रै’

kp oli

काठमाडौं, २ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले करको विषय मिडिया र सामाजिक सञ्जालमा आएजस्तो ‘भयावह नभएको’ बताएका छन् । संविधानले दिएको अधिकारबाटै स्थानीय तहले कर तय गरेकाले रोक्न नसकिने उनको भनाइ छ ।

‘हामी संघीयताको नयाँ अभ्यासमा गएका छौं । यसमा अभ्यस्थ हुन संस्था र व्यक्तिहरूलाई समय लाग्छ । स्थानीय तहहरू परिपक्व भइसकेका छैनन्’, अन्नपूर्ण मिडिया नेटवर्कका सम्पादकहरूसँग शुक्रबार भएको भेटघाटमा प्रधानमन्त्रीले भने, ‘संविधानअनुसार भएका काम रोक्न मिल्दैन । तर, आफ्ना क्रियाकलपाले लोकप्रिय÷अलोकप्रिय के हुने हो, उनीहरूले सोच्ने विषय हो ।’

जेमा पनि कर लिएको भनी मिडियाले अनावश्यक रूपमा अफवाह फैलाएको उनको आरोप थियो । ‘बेलुन फुल्छ तर धरती जत्रो हुँदैन । करको विषय धरती जत्रै पारिएको छ । यो अतिरञ्जित हो’,उनले भने, ‘तर, अस्वाभाविक, अनुचित, दोहोरो–तेहोरो लिएको रहेछ भने सरकारले सच्याउनेछ । यसलाई रंगीचंगी बनाउनु बेकार हो ।’

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);