सुत्केरीलाई डोजर भरोसा ! | ईमाउण्टेन समाचार

Our Network

पुष २९ २०८१, सोमबार

सुत्केरीलाई डोजर भरोसा !

sutkeri dojar

काठमाडौं, ३१ साउन । जिल्लाको दक्षिणी भेगमा पर्ने शैलुंगेश्वर गाउँपालिका ८ मनगाउँकी शान्ति श्रेष्ठलाई सोमबार बिहानै सुत्केरी व्यथाले च्याप्यो ।

सुरुमा त स्थानीय महिलाले उनलाई गाउँमै सुत्केरी गराउने तयार थाले । तर घरमै सुत्केरी गराउन गाह्रो परेपछि स्वास्थ्य स्वयंसेविकाको सल्लाहमा उनलार्य स्वास्थ्यचौकी लैजाने निधो भयो । तर जाने कसरी झरी रोकिएको थिएन । ग्रामीण सडक हिलाम्मे थियो । सवारीसाधान चल्न छाडेको धेरै भएको थियो ।
व्यथाले च्याप्दै लगेकाले पिठयुँमा बोकेर लैजाँदा पनि ढिला हुन्थ्यो ।

यस्तै अप्ठेरोमा स्थानीय मिलन श्रेष्ठको डोजर काम लाग्यो । बर्ष दिनअघि मिलनले किनेको डोजर सुत्केरी व्यथाले छटपटाउँदै गरेकी शान्तिका लागि वरदान साबित भयो ।, साँझ ७ बजे मनगाउँबाट हिँडेका उनीहरु राति १० बजे शैलुंगेश्वरको भैँसेबजारमा रहेको स्वास्थ्यचौकी पुगे ।  राति नै स्वास्थ्यचौकीकी अनमी सावित्रा पुलामी मगरले सुरक्षित तरिकाले शान्तिलाई सुत्केरी गराईन । शान्तिले छोरी जन्माईन । छोरी बाकेर मंगलबार बिहान मिलनकै डोजरमा उनी घर फर्किइन । आजको नागरिक दैनिकमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);