आँप रुँघ्न बगैंचामै बास | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८१, आइतबार

आँप रुँघ्न बगैंचामै बास

garden

जनकपुर, ३० साउन । चार महिना भयो, धनुषाको धनौजी गाउँपालिका–५, बहुअर्वास्थित धत्ताका ६७ वर्षीय शोभित पासमान बगैंचामै सुत्छन् । सोही गाउँका ५६ वर्षीय बृजमोहन मण्डल र ६० वर्षीय कारी कापरको दिनरात पनि त्यसरी नै बित्छ ।
उनीहरूको मुख्य काम आँपको फूल फुल्न थालेदेखि फलेर बिक्री नभएसम्म बगैंचाको रेखदेख हो । धनौजी, बहुअर्वाका ७० वर्षीय विन्देश्वर कामत र श्रीमती हीरादेवी ४ महिनादेखि बगैंचाको हेरचाह गरिरहेका छन् । उनीहरू पाँच दशकयता यसैगरी बगैंचा रुँघिरहेका छन् । बोटमा आँप ननिख्रेसम्म उनीहरू बगैंचाबाट फर्किंदैनन् । ‘बाबु–बाजेकै पालादेखि बगैंचा रखबारी गर्दै आएका छौं,’ बगैंचामै भेटिएका शोभित पासवानले भने । आफ्नो काम बगैंचामा फलेका आँपलाई किरा–फट्याङ्ग्राबाट जोगाउने, खसेका आँप बटुल्ने र बिरुवा रेखदेख गर्ने रहेको उनी बताउँछन् ।

‘जतिबेला पनि ध्यान आँपतिरै हुन्छ,’ ७० वर्षीय जितु कापरले भने, ‘टाढाबाट चोर्न आउँदैनन् । रखबारी गर्नेहरूबाटै जोखिम हुन्छ ।’ पूर्वी तराईको धनुषा, सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहटमा आँप उत्पादन धेरै हुन्छ । पछिल्लो समय परम्परागत आँप खेतीलाई व्यावसायिक रूपमा प्रवद्र्धन गर्न थालिएको छ । व्यापारीले यहाँका आँप इलाम, धनकुटा, काठमाडौं, पोखरालगायत सहरसम्म पुर्‍याउँछन् । कृषि विज्ञका अनुसार तराईमा माल्दा, बम्बै, कलकतिया, केराइला, बिजु, कृष्णभोगलगायत करिब ८१ किसिमका आँप फल्छन् ।

यस वर्ष तराईमा आँपको राम्रो उत्पादन भएको छ । वैशाख दोस्रो साता पाकेको आँपको भाउ प्रतिकेजी १५ देखि २० रुपैयाँ र काँचोको ३० देखि ३५ रुपैयाँसम्म थियो । सिजन सकिन लाग्दा भाउ अझै बढेको किसानहरू बताउँछन्। आजको कान्तिपुरमा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);