बिमस्टेक राष्ट्रका सेनाबीच संयुक्त अभ्यास | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

बिमस्टेक राष्ट्रका सेनाबीच संयुक्त अभ्यास

bimstec

काठमाडौं, ३० साउन । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)मा आबद्ध राष्ट्रका सैनिकबीच संयुक्त अभ्यास हुने भएको छ। भारतको पूर्णेमा भदौ २५ देखि ३१ गते (सेप्टेम्बर १०–१६) सम्म उक्त अभ्यास हुने भएको हो।

बिमस्टेक सदस्य राष्ट्रका सेनाबीच पहिलो पटक हुन लागेको सैन्य अभ्यास अन्तर्राष्ट्रिय आतंकवाद र अन्तरदेशीय संगठित अपराधविरुद्ध केन्द्रित रहनेछ। नेपाली सेनासमेत उक्त अभ्यासमा सहभागी हुन आवश्यक तयारीमा जुटेको छ। संयुक्त सैन्य अभ्यासको समापनमा बिमस्टेक राष्ट्रका प्रधानसेनापति सहभागी हुनेछन्। भदौ २४ बाट नेपाली सेनाको प्रधानसेनापतिको कार्यभार बलाधिकृत रथी पूर्णचन्द्र थापाले सम्हाल्दै छन्। प्रधानसेनापति बनेलगत्तै हुने उक्त सैन्य अभ्यासको समापनमा सहभागी भए बिमस्टेक सदस्य राष्ट्रका प्रधानसेनापतिसँग भेट हुने अवसरसमेत उनले पाउनेछन्।

बिमस्टेक सदस्य राष्ट्र भारतको आयोजनामा हुन लागेको उक्त अभ्यासमा भारतसहित बंगलादेश, भुटान, म्यान्मार, नेपाल, श्रीलंका र थाइल्याण्डका सेना सहभागी हुनेछन्। सैन्य अभ्यासमा प्रत्येक बिमस्टेक सदस्य राष्ट्रका ३० जना सैनिक अधिकारीको सहभागिता रहनेछ। त्यसमा पाँच जना अधिृकत र २५ जना अन्य दर्जाका सैनिक अधिकारी रहनेछन्। अभ्यासमा प्रत्येक बिमस्टेक सदस्य राष्ट्रका ३० जना सैनिक अधिकारीको सहभागिता रहनेछ।

काठमाडौमा भदौ १४ र १५ गते बिमस्टेक शिखर सम्मेलन हुँदै छ। उक्त सम्मेलनमा भूटानबाहेक अन्य मुलुकका सरकार प्रमुख उपस्थित हुनेछन्। भूटानका कार्यकारी सरकार प्रमुखको सम्मेलनमा आउने/नआउनेबारे टुंगो नलागेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। बिमस्टेक सदस्य राष्ट्रका सेनाबीच हुने अभ्यासमा सहभागी हुन नेपाली सेनाले समेत आन्तरिक तयारी गरिरहेको नेपाली सेनाका सहायक रथीसमेत रहेका प्रवक्ता गोकुल भण्डारीले बताए। ‘नेपाली सेनाका तर्फबाट एक प्लाटुन सहभागी हुनेछ’, उनले भने। अन्तर्राष्ट्रिय आतंकवाद, अन्तरदेशीय संगठित अपराध र अवैध लागुऔषध कारोबारविरुद्ध लडन बिमस्टेक सदस्य राष्ट्रवीच थप सहकार्य बढाउने उद्देश्यले संयुक्त सैन्य अभ्यास हुन लागेको हो।

विशेषगरी आतंकवादविरुद्ध लड्न बिमस्टेक सदस्य राष्ट्रले सहकार्य गर्दै आएका छन्। बिमस्टेक राष्ट्रका सेनाबीच अन्तर्राष्ट्रिय आतंकवादको योजना, कार्यान्वयन र तयारी गरिरहेका व्यक्ति वा समूहबारे जानकारी आदनप्रदान गर्नुका साथै त्यस्ता प्रकारका अपराधमा प्रत्यक्ष एवं परोक्ष रूपमा संलग्न व्यक्ति वा समूहको जानकारी आदानप्रदान हुँदै आएको छ। आजको अन्नपुर्णपोष्टमा खवर छापिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);