काठमाडौं २९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा उद्योगको स्थापना मार्फत रोजगारी सृजना गर्नुपर्ने बताएका छन् । सार्क चेम्बर अफ कमर्सको प्रतिनिधि मण्डलसँग आज सिंहदरबारमा भेटघाट गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
केही तत्वहरुले नेपालमा केही भएको छैन भनेर जनतामा निराशा छर्न खोजेको प्रधानमन्त्री ओलीको भनाइ छ । निराश जनता देशको लागि सबभन्दा खतरनाक हुने भन्दै प्रधानमन्त्री ओलीले आम जनतामा आत्मविश्वास बढाउनु र र आशा लाग्दो भविष्य देखाइदिनु सरकारको काम भएको बताए ।
देश विकासका लागि अहिले उपयुक्त समय भएकाले यसलाई सदुपयोग गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले विश्व समुदायलार्ई नेपालमा लगानी मैत्री वातावरण भएको कुरा प्रचार गर्न नेपाली उद्यमीहरुलाई आग्रह गरे ।




