सिक्टा सिँचाइमा अनियमितता: आयोजना प्रमुख नै ‘गैरजिम्मेवार’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८१, सोमबार

सिक्टा सिँचाइमा अनियमितता: आयोजना प्रमुख नै ‘गैरजिम्मेवार’

yojana

काठमाडौं, २८ साउन । सिक्टा सिँचाइ आयोजनाका प्रमुख गैरजिम्मेवार हुँदा मूल नहरमा गुणस्तरहीन काम भएको पाइएको छ।
ठेकेदार कम्पनीले गरेको काम नियमन गर्ने जिम्मेवारी पाएका आयोजना प्रमुखले अनुगमन नगर्दा मूल नहर क्षतविक्षत भएको स्थानीयको भनाइ छ। स्थानीयले निर्माण कार्य सुरु हुँदादेखि गुणस्तरहीन काम भएको गुनासो गर्दै आएका थिए। तर कुनै पनि आयोजना प्रमुखले ठेकेदार कम्पनीलाई गुणस्तरहीन कामबारे प्रश्न सोधेको पाइएको छैन।

हेडवक्र्सको निर्माणपछि कृष्णराज तिमिल्सिनाले सुरु गरेको नहर विस्तारमा हालसम्म पाँचजनाले आयोजना प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन्। करिब ६ सय मिटर मूल नहर विस्तार गरेका तिमिल्सिनापछि सर्वदेव जैसवाल, दिलीप कार्की, सरोज पण्डित, रमेश बस्नेत र महेश्वरनरसिंह केसी आयोजना प्रमुख भए। केसीबाहेक अन्यले एक वर्षभन्दा बढी समय आयोजना प्रमुख भएका थिए ।

एक वर्षभन्दा बढी जिम्मेवारीमा रहेका सबै आयोजना प्रमुखले एकएक खण्डको ठेक्का सम्झौता गराएका हुन्। जैसवालले मूल नहरको पहिलो खण्ड, कार्कीले दोस्रो र पण्डितले तेस्रो खण्डको ठेक्का सम्झौता गराएका थिए। हालका आयोजना प्रमुख बस्नेतले पूर्वी नहरको ठेक्का सम्झौता गरेका थिए। तेस्रो खण्डको सम्झौता गराएका पण्डितले दोस्रो खण्डको काम गराएका हुन् । नहरको सोही खण्ड सबैभन्दा जोखिममा छ।,यो खबर आजको नागरिक दैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);