स्थानीय सरकारको जथाभावी कर असुलीप्रति महासंघको असन्तुष्टि | ईमाउण्टेन समाचार

Our Network

फागुन ५ २०८१, सोमबार

स्थानीय सरकारको जथाभावी कर असुलीप्रति महासंघको असन्तुष्टि

bhawani rana

काठमाडौं, २७ साउन । स्थानीय सरकारले जथाभावी कर असुली गरेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघले असन्तुष्टि व्यक्त गरेको छ । आईतबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले स्थानीय सरकारले जथाभावी कर असुली गरेको भन्दै असन्तुष्टि व्यक्त गरेकी हुन् ।

कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले व्यवसायीलाई पीडाबोध नहुने गरी कर असुली गर्न सरकारसँग माग गरे । साथै मुलुकलाई समृद्ध बनाउने अभियानमा सरकारसँग सहकार्य गरेर जाने प्रतिवद्धता पनि उनले जनाए ।

कार्यक्रममा निजी क्षेत्रको लगानीका लागि आवश्यक वातावरण बनाउन पनि सरकारको ध्यानाकर्षण गराइएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);