अनि हुन्छ सिंहदरबारभित्र ट्राफिक जाम | ईमाउण्टेन समाचार

Our Network

असोज ११ २०८१, शुक्रबार

अनि हुन्छ सिंहदरबारभित्र ट्राफिक जाम

gadi

काठमाडौं, २७ साउन । सिंहदरबारमा दैनिक २ हजार ५ सय भन्दाबढी मानिस प्रवेश गर्ने गरेका छन् । संविधानअनुसार सिंहदरबारको अधिकार गाउँ गाउँमा पुगे पनि नागरिकहरु भने सिंहदरबार धाउने क्रम घटेको छैन ।

विकास निर्माणको योजनाको र सरुवा बढुकाको काम लिएर नागरिकहरु सिंहदरबार धाउने क्रम अझै जारी छ । सिंहदरबारमा रहेका चार वटै गेटबाट दैनिक २ हजार ५ सय मानिस प्रवेश गर्ने गरेको महानगरीय सुरक्षा प्रहरी गण सिंहदरबारले बताएको छ ।

दैनिक रुपमा १ हजार ५ सय चार पाङग्रे सवारी साधन र २ हजार मोटरसाइकल सिंहदरबार प्रवेश गर्ने गरेका छन् ।
चार वटा गेटमध्ये दक्षिण गेटमात्र सर्वसाधारणका लागि सञ्चालनमा छ । दक्षिण गेटबाटै प्रवेश गर्ने र बाहिररिने गरेको कारण ट्राफिक जम हुने गरेको छ ।

सिंहदरबाभित्र पर्याप्त पार्किङ नभएको कारण फुटपाथमा समेत सवारी पार्किङ हुन थालेपछि अहिले भने ट्राफिक प्रहरीले व्यवस्थित गर्ने काम गरिरहेको छ । आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);