हरिसिद्धिको जग्गा हडप्न प्रपञ्च | ईमाउण्टेन समाचार

Our Network

मंसिर २४ २०८१, सोमबार

हरिसिद्धिको जग्गा हडप्न प्रपञ्च

harisiddhiko jagga

ललितपुर, २६ साउन ।  ललितपुर मालपोत कार्यालयलाई हरिसिद्धि इँटा तथा टायल कारखानाको जग्गा व्यक्तिका नाममा पास गर्न बारम्बार दबाब आउन थालेको छ। जिल्लाका सांसद तथा जग्गा व्यवसायीले कार्यालयमै पुगेर जग्गा पास गर्न दबाब दिइरहेको कार्यालयका कर्मचारी बताउँछन्।

‘अनावश्यक टर्चर दिँदा कार्यालयको काम बिथोलिएको छ,’ कार्यालयका नायबसुब्बा श्याम क्षत्रीले नागरिकसँग भने, ‘समूहमा आउने व्यक्तिहरुले प्रक्रिया नै पूरा नगरी जग्गा पास गरिदिन भन्दै हैरान पार्न थालेका छन्।’ उनले जग्गा व्यवसायीहरूकै दबाबका कारण कार्यालय प्रमुख चार दिनदेखि कार्यालय नआएको जानकारी दिए। ‘विभिन्न व्यक्तिहरु आएर कार्यालय प्रमुखलाई घेरा हाल्छन्, आवश्यक कागजात पु-याउनुस् भन्दा उल्टै हप्काउँछन्,’ उनले थपे।

कर्मचारी क्षत्रीका अनुसार पछिल्लो समय हरिसिद्धि इँटा तथा टायल कारखाना लिमिडेटको जग्गाा निकै विवादमा आएको छ। केही व्यवसायी गैरकानुनी रुपमा कारखानाको जग्गा आफ्नो नाममा पार्ने दाउमा छन्। उनीहरूले एकएक गरी कार्यालयका कर्मचारीलाई भेटेर दबाब दिइरहेका छन्। तर, मालपोत कार्यालयका कर्मचारी र सम्बन्धित सरकारी निकायले भने आवश्यक कागजात पु-याएर आउन भनिरहेका छन्। बिहीबार पनि केही व्यक्ति मालपोत कार्यालयमा पुगेका थिए। आवश्यक कागजात नै पूरा नगरी जग्गा पास गरिदिन भन्दै उनीहरूले हप्काएको मालपोत कार्यालयका एक अधिकारीले बताए।

विगतमा सरकारले उत्पादन तथा रोजगारी वृद्धि गर्ने उद्देश्यले ९१ रोपनी क्षेत्रफलमा फैलिएको उक्त कारखाना निजीकरण गरेको थियो। अहिले त्यही बहुमूल्य जग्गा बिक्री गरी ठूलो रकम हात पार्ने कारखाना सञ्चालकको योजनालाई सहयोग पुग्नेगरी जनप्रतिनिधिले सघाउन थालेका छन्। कारखानाको जग्गा बिक्री गर्न ललितपुर महानगरपालिका २७ वडा कार्यालयले गत माघ २५ मा सिफारिस गरेको थियो। त्यति बेला हरिसिद्धिका सेयरधनी तथा मजदुरले सिफारिस रोक्का गर्न वडासँग माग राखेका थिए। तर, वडाध्यक्षले सेयरधनी एनबी बाल्ट्रा हस्पिटल एन्ड रिसर्च सेन्टरका नाममा ‘घरबाटो’ सिफारिस दिएका थिए।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);