काठमाडौं, २४ साउन । सरकारले सात प्रदेशका ४२ हजार युवालाई छोटो अवधीको शिप विकास तालिम दिने भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सहयोगमा व्यावसायीक शिक्षा तथा तालिम परिषद (सिटिइभीटी)ले उक्त तालिम संचालन गर्न लागेको हो । छोटो अवधीको तालिममा सातै प्रदेशमा ६–६ हजार युवालाई सहभागी गराइने भएको छ तालिम संचालन गर्न मन्त्रालयले सिटिइभीटीलाई ७५ करोड रुपिया उपलब्ध गराएको छ ।
तालिम असोज महिनाबाट संचालन हुने भएको छ । तालिम ३ महिनासम्म संचालन हुने सिटिइभीटीका योजना महाशाखा प्रमुख एवं निर्देशक रमेश वखतीले जानकारी दिए । विषेश गरी स्थानीय तहमा वेरोजगार युवालाई स्वरोजगार हुने अवसर दिन र रोजगारीको लागि विदेश जाने युवालाई केही सहज बनाउन तालिम संचालन गर्न लागिएको हो । आजको नेपाल समाचारपत्रले पहिलो पृष्ठमा यो समाचार छापेको छ ।