भारतमा हुने एकदिवसीय सिरिज खेल्न नेपाल यु-१९ टोलीलाई निम्तो | ईमाउण्टेन समाचार

Our Network

माघ २५ २०८१, शुक्रबार

भारतमा हुने एकदिवसीय सिरिज खेल्न नेपाल यु-१९ टोलीलाई निम्तो

Nepal-U-19-team

काठमाडौं, २२ साउन । भारतमा हुने चार टोली सहभागी एक दिवसीय क्रिकेटमा नेपालको १९ बर्ष मुनीको टोलीले सहभागिता जनाउने भएको छ । भारतीय क्रिकेट काउन्सील (बिसिसिआई) को आयोजनामा हुन लागेको प्रतिस्पर्धामा नेपालले भारत, अफगानिस्तान र भारतको नेशनल क्रिकेट एकेडेमी, एनसिएको टोलीसँग प्रतिस्पर्धा गर्ने छ ।

बिसिसिआईले सार्वजनिक गरेको खेत तालिका अनुसार कोलकातामा सेप्टेम्बर ९ देखि १८ सम्म प्रतिष्पर्धा हुने छ । इडन गार्डेनमा सेप्टेम्बर १२ मा भारतको १९ वर्षमुनिको टोलीले अफगानिस्तानको १९ वर्षमुनिको टोलीसँग प्रतिस्पर्धा गर्नेछ । यस्तै त्यहि दिन नेपालले एनसिएको यू–१९ टोलीसँग खेल्नेछ ।

सेप्टेम्बर १४ मा नेपालले भारत तथा एनसिएले अफगानिस्तानसँग खेल्नेछ । त्यसको दुईदिनपछि एनसिए र भारत तथा नेपाल र अफगानिस्तानबिच खेल हुनेछ ।

आउँदो अक्टोबरमा हुने १९ वर्षमुनिको एसियाकप क्रिकेटको तयारी स्वरुप प्रतिस्पर्धा हुन लागेको हो । १९ वर्षमुनिको एसियाकप क्रिकेटमा नेपाल, भारत, अफगानिस्तानसहित पाकिस्तान, श्रीलंका, बंगलादेश, हङकङ र युएईले प्रस्तिस्पर्धा गर्नेछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);