बर्षमा २३ खर्बका वस्तु उपभोग, साढे १२ खर्बको विदेशी | ईमाउण्टेन समाचार

Our Network

असोज २२ २०८३, शुक्रबार

बर्षमा २३ खर्बका वस्तु उपभोग, साढे १२ खर्बको विदेशी

aayat

काठमाडौं, २२ साउन । उपभोग्य वस्तुमा नेपालीकाको परनिर्भरता बढेको छ। स्वदेशी उत्पादन न्यून हुँदा अधिकांश वस्तु उपभोगका लागि विदेशीसँग निर्भर हुनु परेको छ। हाल नेपालीले वार्षिक २३ खर्ब ४१ अर्ब ५२ करोड ४१ लाख रुपैयाँ बराबरको वस्तु उपभोग गर्ने गरेका छन्।

यसमध्ये गत आर्थिक वर्षमा नेपालमा १२ खर्ब ४३ अर्ब २९ करोड २१ लाख रुपैयाँ बराबरका वस्तु आयात भएको छ। यसलाई आधार मान्दा नेपालीले ५३ प्रतिशत विदेशी वस्तु उपभोग गर्ने गरेको देखिन्छ। नेपालीले खपत गर्ने औद्योगि समेत वस्तु विश्वका १४४ मुलुकबाट आयात हुने गरेको छ। सबैभन्दा बढी भारतबाट आयात हुने गरेको छ।,यो खबर आजको नयाँ पत्रिकामा छ ।