नेपालले एक वर्षमा १९ खर्ब २० अर्बभन्दा बढीको वस्तु आयात गर्यो | ईमाउण्टेन समाचार

Our Network

असोज ९ २०८०, मंगलबार

नेपालले एक वर्षमा १९ खर्ब २० अर्बभन्दा बढीको वस्तु आयात गर्यो

काठमाडौं। नेपालले गत आर्थिक वर्ष २०७८/७९ मा विभिन्न देशबाट १९ खर्ब २० अर्बभन्दा बढीको वस्तुहरु आयात गरेको छ।

२०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा नेपालले उक्त रकम बराबरको वस्तु आयात गरेको भन्सार विभागले जनाएको छ । सो अवधिमा नेपालले कुल १९ खर्ब २० अर्ब ४४ करोड ८३ लाख ४९ हजार रुपैयाँको वस्तुहरु विभिन्न देशबाट निर्यात गरेको विभागको तथ्याङ्कले देखाउँछ।अघिल्लो आर्थिक वर्ष २०७७/७८ को तुलनामा गत आर्थिक वर्ष २०७८/७९ मा नेपालको आयात व्यापार २४.७२ प्रतिशतले बढेको छ।अघिल्लो आर्थिक वर्ष नेपालले विभिन्न देशबाट १५ खर्ब ३९ अर्ब ८३ करोड ७० लाख ६८ हजार रुपैयाँको वस्तुहरु आयात गरेको थियो।

अघिल्लो वर्षभन्दा गत वर्ष नेपालले ३ खर्ब ८० अर्ब ६१ करोड १२ लाख ८१ हजार रुपैयाँ बढीको वस्तु आयात गरेको देखिन्छ।

Leave a Reply