पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेहालः विशेषज्ञ डाक्टर छैनन्, उपकरणले काम गर्दैनन् | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेहालः विशेषज्ञ डाक्टर छैनन्, उपकरणले काम गर्दैनन्

pokhara swastha bigyan

कास्की, २० साउन । गण्डकी प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केहि रोगका बिशेषज्ञ चिकित्सकको संख्या शुन्य छ भने करोडौंका उपकरण कामै नगर्ने भएका छन् ।

दैनिक एक हजार भन्दा बढी विरामीको भिड हुने सो अस्पतालमा सेवा नपाउँदा आर्थिक अवस्था कमजोर भएका विरामीले महंगा नीजि अस्पतालमा उपचार गर्नु परेको छ । सो अस्पतालमा अहिले बाल, न्युरो, मुटु, र छातीका सर्जन विशेषज्ञ डाक्टर बिहीन छ ।

ति रोगका एक/एक विशेषज्ञ डाक्टरको दरबन्दी रहेपनि जनशक्ति नपाएको प्रतिष्ठानका निर्देशक डा अर्जुन आचार्यले बताए । अस्पतालमा सहज सेवा दिनका लागि यि विषयमा चार जनाका दरले विशेषज्ञ डाक्टरको आवश्यकता छ । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);