करसम्बन्धी अनावश्यक चुनौती नदिन चीनलाई अमेरिकाको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

असोज १६ २०८१, बुधवार

करसम्बन्धी अनावश्यक चुनौती नदिन चीनलाई अमेरिकाको चेतावनी

trump tariffs

एजेन्सी , १९ साउन । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले करसम्बन्धी अनावश्यक चुनौती नदिन चीनलाई चेतावनी दिएको छ ।  ह्वाइट हाउसका उच्च आर्थिक सल्लाहकारले चीनले नयाँ व्यापार करसम्बन्धी दिएको चुनौती अनावश्यक भएको बताएका छन् ।

आर्थिक सल्लाहकार ल्यारी कुड्लोले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कमजोर मूल्यांकन नगर्न पनि चीनलाई चेतावनी दिएका छन् । चीनले अमेरिकी सामानको आयातमा ६० अर्ब अमेरिकी डलर बराबरको व्यापार कर लगाउने निर्णय गरेको केही समयमै कुडेलोको प्रतिक्रिया आएको हो ।

ट्रम्पले विशेषगरी चीनलाई लक्षित गरी नयाँ व्यापार नीति ल्याएपछि चीनले अमेरिकी सामानमा नयाँ कर लगाउने बताएको थियो । कुड्लोले चीनसँग सबै प्रकारका आर्थिक लडाईं लड्न आफुहरु तयार रहेको समेत बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);