एजेन्सी, १५ साउन । सिनेमा र भिडियो गेममा देखा पर्ने स्पेश फोर्स अब यर्थाथमा परिणत हुन लागेको छ । अमेरिकाले अन्तरिक्षमा सम्भावित युद्धलाई ध्यानमा राखि तयारी सुरु गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पेण्टागनलाई स्पेस फोर्स तयार गर्न आदेश दिएपछि रुस पनि अन्तरीक्षमा हरियारको तैनाथीतर्फ अघि बढेको छ ।
मानिसहरुले आकाशमा युद्ध गरेको दृश्य सिनेमा र भिडियो गेममा हेर्ने गर्दथे । अब यो यथार्थमा अन्तरिक्षमा हेर्न पाउने छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको रक्षा मन्त्रालय पेण्टागनलाई छुट्टै स्पेस फोर्स तयार गर्न आदेश दिए पछि रुसले पनि स्पेशमा आफ्नो तयारी थालेको छ । अमेरिकामा स्पेश फोर्स अमेरिकी सेनाको छैठो शाखाको रुपमा विकसित गर्न लागिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसि राष्ट्रपति भ्लादमिर पुटिनबिच व्यक्तगत रुपमा सम्बन्ध राम्रो भएता पनि स्पेश सेनाको विषयलाई लिएर रुस र अमेरिकाबीच टकरावको स्थिती आउन सक्ने रक्षा विशेषज्ञहरुले बताएका छन् ।
रुसले स्पेश फोर्सको तयारी बाट प्रमाणु हतियारको रेस झै खतरनाक अवस्था उत्पन्न हुन सक्ने त्यहाको सुरक्षा अधिकारीहरुले प्रतिक्रिया दिएका छन् । रुसले अन्तरिक्षमा हतियार दौडको विरुद्ध रहेको जनाएको छ ।
अन्तरिक्षमा शान्तिपुर्ण प्रयोगको पक्षमा रुस रहेको उस्को दावि छ । उता अमेरिकाले भने सन् २०२२ सम्म अन्तरिक्षमा आधारित सेन्सर आर्किकेक्चरको विकास गर्ने पक्षमा रहेको छ । अमेरिकाको प्रतिनिधिसभाले सन् २०१९ का लागि राष्ट्रिय रक्षा प्राधिकरण अधिनियम पारित गरेको छ । यसबाट राष्ट्रिपति ड्रम्पको आदेश कार्यान्वयनमा सहज हुने बताइएको छ ।