जिम्बाबेमा आज नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुँदै | ईमाउण्टेन समाचार

Our Network

मंसिर २० २०८१, बिहीबार

जिम्बाबेमा आज नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुँदै

jimbabe election

एजेन्सी, १४ साउन । अफ्रिकी मुलुक जिम्बाबेमा आज नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुँदै छ ।

निर्वाचनको पूर्व सन्ध्यामा पूर्वराष्ट्रपति रोबर्ट मुगाबेले राष्ट्रपतिको निर्वाचनमा आफ्नो दल जानु–पिएफले उठाएका उम्मेदवारलाई समर्थन नगर्न मतदातासँग अपिल गरेका छन् । नयाँ राष्ट्रपति चयनका लागि आज हुन लागेको निर्वाचनको पूर्वसन्ध्यामा पत्रकार सम्मेलन गर्दै पूर्वराष्ट्रपति मुगाबेले आफ्नो दलले अघि सारेका उम्मेदवारलाई समर्थन गर्न नसक्ने बताएका हुन् ।

९४ वर्षीय मुगाबेले आफूलाई राष्ट्रपतिबाट हटाउने नेता वर्तमान राष्ट्रपति एमर्सन नान्गागावालाई समर्थन गर्न नसक्ने स्पष्ट पारेका हुन् । नान्गागावाको मुख्य प्रतिस्पर्धीका रुपमा विपक्षी दलका नेता नेल्सन चमिया मैदानमा उत्रिएका छन् । पूर्वराष्ट्रपति मुगावेले राष्ट्रपतिमा उम्मेदवार भएकाहरु कसैलाई पनि समर्थन गर्न नसकिने भए पनि विपक्षी दलका नेता नेल्सन चमियालाई भने शुभेच्छा व्यक्त गरेका छन् । उनले जिम्बावेको भविष्य र मतदानप्रति जिम्बाबेलीले कौतुहलताका साथ रहेको र मतदानले सक्षम नेतृत्व छान्ने विश्वास गरे ।

मुगावेले लामो समयदेखि आफ्नो सहयोगीका रुपमा रहेका वर्तमान राष्ट्रपति एमर्सन नान्गागावाको विपक्षमा उभिनुलाई आश्चर्यका रुपमा हेरिएको छ । जिम्बाबेमा अहिले पनि मुगाबे लोकप्रिय मानिन्छन् । उनले समर्थन गरेका उम्मेदवारले नै जित हात पार्ने विश्वास गरिन्छ । मुगावले जिम्बाबेमा ३७ वर्षसम्म सत्ता सञ्चालन गरेका थिए । पूर्व राष्ट्रपति रोबर्ट मुगाबे पदबाट हटेपछि जिम्बाबेमा पहिलोपटक निर्वाचन हुन लागेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);