समाजवाद आए सोही अनुसार अघि बढ्न न्यायालय तयार : जोशी | ईमाउण्टेन समाचार

Our Network

फागुन २५ २०८२, मंगलबार

समाजवाद आए सोही अनुसार अघि बढ्न न्यायालय तयार : जोशी

काठमाडौं, १० साउन । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीले मुलुकमा समाजवाद आए सोही अनुसार अघि बढ्न न्यायालय तयार रहने बताएका छन् । उनले संसदीय सुनुवाई विशेष समितिमा विहीबार सांसदहरुको प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन् ।

न्यायालय भित्र हुने भ्रष्टाचार सर्वोच्च अदालतको फुल कोर्टमा छलफल हुने उनले स्पष्ट पारे । प्रस्तावित प्रधानन्यायाधीश जोशीले अदालत भित्र हुने भ्रष्टाचारबारे न्यायालय बोल्दैन भन्ने आरोप सत्य नभएको बताए । न्यायालयमा हुने भ्रष्टाचार कानुन अनुसार छानवीन हुने गरेको उनको भनाइ छ ।

उनले न्यायालयको भ्रष्टाचारमा पदीय दुरुपयोग हुन नदिन पनि आफूहरु सचेत रहेकोतर्फ सांसदहरुको ध्यानाकर्षण गराए । जोशीले सरकारले मापदण्ड नतोकेका कारण विकास, निर्माणको कामको मुद्दा फैसला गर्न ढिलाई हुने गरेको बताए।

उनले जग्गाको मुआब्जा लगायतका विषयमा सरकारले मापदण्ड तोक्ने हो भने अदालतले त्यसमा ढिलाई हुने गरी अन्तिम आदेश दिईरहन पर्ने अवस्था नआउने स्पष्ट पारे । प्रस्तावित प्रधानन्यायाधीश जोशीले न्यायालय विकास विरोधि हुन नसक्ने स्पष्ट पारे ।

प्रस्तावित प्रधानन्यायाधीश जोशीले न्यायालय एक्लैको प्रयासले मात्रै मुलुकलाई अघि बढाउन नसकिने स्पष्ट पारे । प्रस्तावित प्रधानन्यायाधीश जोशीले मुलुकलाई अघि बढाउन सरकार, संसद र न्यायालय मिलेर अघि बढनुको विकल्प नरहेको पनि स्पष्ट पारे ।