चिकित्सक केसीको अनसन अन्त्यका लागि सरकारी वार्ता टोली आन्तरिक छलफलमा | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ३० २०८१, शुक्रबार

चिकित्सक केसीको अनसन अन्त्यका लागि सरकारी वार्ता टोली आन्तरिक छलफलमा

dr kc

काठमाडौं, १० साउन । चिकित्सक गोविन्द केसीको अनसन अन्त्यका लागि सरकारी वार्ता टोलीले आन्तरिक छलफललाई तिब्रता दिएको छ ।

सरकारी वार्ता टोलीका सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिकित्सा शिक्षा विधेयकका विषयमा छलफल गरेका हुन् । बुधबारको वार्ता असफल भएपछि आज सार्थक वार्ताका लागि सरकारी टोलिले प्रयास थालेको हो । प्रधानमन्त्री ओलीसँगको छलफलमा सरकारी वार्ता टोलीका सदस्यहरुले हिजोको वार्तामा भएको प्रगतिका बारेमा जानकारी गराएका थिए । यस्तै चिकित्सक केसी पक्षका वार्ता टोलीका सदस्यहरुले पनि आन्तरिक तयारी थालेका छन् ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा अनसनरत डा. केसीसँग वार्ता टोलीका सदस्यले छलफल गरेका छन् । उनीहरुले बुधबारको वार्तामा भएका छलफलका बारेमा केसीलाई जानकारी गराएका थिए भने आजको वार्तामा लिनुपर्ने अडानका विषयमा छलफल गरेका छन् । आजै सरकारी वार्ता टोली र चिकित्सक केसीका वार्ताटोलिबीच छलफल हुने छ । आजको छलफलबाट निकास आउनेमा आशावादी रहेको चिकित्सक केसीका वार्ता समिति सदस्य ओमप्रकाश अर्यालल बताए । चिकित्सा क्षेत्रको सुधारको माग राख्दै डा. केसी २७ दिदेखि आमरण अनसनमा छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);