बाचुन्जेल जनता र क्रान्तिको पक्षमा उभिने प्रचण्डको संकल्प

काठमाडौं, ९ साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाचुन्जेल दुःख र कष्टका साथ जनताको र क्रान्तिको पक्षमा दृढतापूर्वक उभिने संकल्प गरेका छन् ।

अध्यक्ष दाहालले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठलगायतका नेताहरुको सपनालाई पूरा गर्न दुःख, कष्टका साथ जीवनभर लागि रहने प्रतिवद्धता व्यक्त गरे ।

बुधबार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको पाँचौं स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मुलुकमा शक्तिशाली कम्युनिष्ट पार्टी नेतृत्वको सरकार रहेको उल्लेख गर्दै त्यसले विकास र समृद्धिको एजेन्डालाई अघि सारेको स्मरण गराए ।

उनले सामाजिक न्यायसहित मुलुकलाई समृद्धिको दिशामा अघि बढाएर समाजवादतर्फको यात्राको तयारी आफूहरुले गरिरहेको दावी गरे । त्यस अवसरमा अध्यक्ष दाहालले सहिदहरुको सपना पूरा गर्नेगरी पार्टी एकतावद्ध रहेको दावी गरे

अध्यक्ष दाहालले कम्युनिष्ट पार्टीलाई एकतावद्ध बनाउने अभियानमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता कर्माचार्यले खेलेको भूमिकाको पनि चर्चा गरेका थिए ।

Related Post
Share

This website uses cookies.