बैंककिङ प्रणालीबाट भत्ता लिन सास्ती भएको गुनासो | ईमाउण्टेन समाचार

Our Network

माघ ३ २०८१, बिहीबार

बैंककिङ प्रणालीबाट भत्ता लिन सास्ती भएको गुनासो

money

सुरेन्द्रकुमार कामती,
सिरहा, ८ साउन । सिरहाका जेष्ठ नागरिकले बैंककिङ प्रणालीबाट भत्ता लिन सास्ती भएको गुनासो गरेका छन् । बैंक टाढा र प्रक्रिया झन्झटिलो भएकाले समस्या भएको जेष्ठ नागरिकको भनाइ छ ।

सामाजिक सुरुक्षा रकममा अनियमितता रोक्न सरकाले बैंकिङ प्रणालिको सुरु गरेको हो । तर सिरहाको जेष्ठ नागरिकले बैंकिङ प्रणालिले झन सास्ती भएको गुनासो गरेका छन् । सिरहा नगरपालिका १९ सन्हैठाका ७७ वर्षिय महावीर डोम भत्ता रकम लिन घन्टौं हिडेर पुगेका थिए । शारिरीक रुपमा अशक्त भएका जेष्ठ नागकिलाई बैंकबाट भत्ता लिन कठिन भएको छ ।

स्थानीय सरकार मार्फत जेष्ठ नागरिकलाई भत्ता वितरण गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । बैंकिङ प्रणाली झन्झटिलो र कठिन भएकाले सहज बनाउन जेष्ठ नागरिकले माग गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);