मेट्रो रेलको डिपिआर तयारीका लागि कम्पनी छानिदैँ | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

मेट्रो रेलको डिपिआर तयारीका लागि कम्पनी छानिदैँ

metro train

काठमाडौं, ८ साउन । लगानी बोर्डले नागढुंगादेखि धुलिखेलसम्म मेट्रो रेल संचालनका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पार्न ६ कम्पनी छनौट गर्ने अन्तिम तयारी गरेको छ ।

बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले अहिले बोर्डले विभिन्न कम्पनीका आशयपत्रमाथि मुल्यांकन गरीरहेको बताउनुभयो । ‘हामीले ग्लोबल टेन्डरमार्फत नागढुंगा–धुलिखेल खण्डमा मेट्रो रेल संचालनका लागि डिपिआर तयार पार्ने कम्पनीको आशयपत्र माग गरेका थियौँ । बोर्डमा परेका त्यही आशयपत्रमाथि मुल्यांकन भैरहेको छ । यो अन्तिम चरणमा पुगिसकेको छ,’ उहाँले भन्नुभयो ।

३७ किलोमिटर लामो यस खण्डको डिपिआर तयार पार्न विभिन्न देशका २३ आशयपत्र परेको र त्यसमध्ये ६ वटा छनौट गर्न अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो । २०७५ बैशाख १५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बोर्डको बैठकले काठमाडौं उपत्यकाको रुट नम्बर २ मा मेट्रो रेलको सम्भाव्यता अध्ययनको आशयपत्रसम्बन्धी प्रस्ताव स्वीकृत गरेसँगै यो प्रकृया सुरु भएको बोर्डले जनाएको छ ।

काठमाडौंमा मेट्रो संचालनका लागि रुट–२ मा नागढुंगा–कलंकी–कोटेश्वर–धुलिखेलसम्मको रुट पर्दछ ।बोर्डले आशयपत्रका लागि जेठ पहिलो साता विश्वव्यापी बोलपत्र आह्वान गरेको थियो । बोर्डले ३० दिनको म्याद राखी त्यस अवधिभित्र इच्छुक कम्पनीहरुलाई आशयपत्र प्रस्ताव पेश गर्ने गरी बोलपत्र आह्वान गरेको हो ।

यस्तै बोर्डको छनौटमा पर्ने कम्पनीलाई चाँडै मेट्रो रेल निर्माणका लागि काम गरेको अनुभव, आर्थिक अवस्था लगायतका समग्र पक्ष समेटिएको प्रस्ताव पेश गर्न लगाउने र त्यसपछि अन्तिम छनौट गर्ने योजना बोर्डले जनाएको छ । बोर्डले आगामी चार वर्षभित्र मेट्रो रेल चलाउने तयारी गरेको छ । आजको नेपाल समाचारपत्रमा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);