दुधको मुल्य घटाइएपछि देशभरका किसान आन्दोलित | ईमाउण्टेन समाचार

Our Network

असोज १६ २०८१, बुधवार

दुधको मुल्य घटाइएपछि देशभरका किसान आन्दोलित

dairy milk

काठमाडौं, ७ साउन । दुधको मुल्य घटेपछि देशभरका किसान आन्दोलित भएका छन् । चितवनको रत्ननगर नगरपालिकाका किसानले बटुवालाई निशुल्क दुध वितरण गरेर आन्दोलन गरेका छन् ।

दुधको मुल्य घटेपछि देशका विभिन्न स्थानका किसानहरु आन्दोलित भैरहेका छन् । चितवनकै अन्य स्थानका किसानहरुले सडकमा दुध पोखेर आक्रेश व्यक्त गरिरहेका बेला रत्ननगरका किसानहरुले भने रचनात्मक आन्दोलन गरेका हुन् । रत्ननगरको बकुल्लहरचोकमा किसानहरुले दुध वितरण गरेका थिए ।

केन्द्रिय दुग्ध उत्पादक सहकारी संघ र चितवन जिला दुग्ध उत्पादक सहकारी संघको समन्वयमा व्यवसायिक पशुपालक कृषक समाज रत्ननगरले निशुल्क दुध वितरणको आयोजना गरेको हो । किसानहरुले दुधको मुल्यसमायोजन गर्न माग गरेका छन् । उनीहरुले दुग्ध उत्पादन क्षेत्रको भविब्य–ग्यारेन्टी गर्न र माफियाहरुलाई निरुत्साहन गर्न पनि सरकारसँग माग गरेका छन् ।

सरकारी स्वामित्वमा रहेकोे डीडीसीले नै दूधको मुल्य घटाएको र त्यसलाई आधार देखाएर अन्य निजी डेरी उद्योगहरुले समेत दूधको मूल्य घटाएको भन्दै किसानहरु आन्दोलित हुदै आएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);